छब्बीसौ सिम्पल सम्मानको प्रतिभा चयन गरिएको छ ।

सिम्पल आर्ट्सले हरेक वर्ष साहित्य ,सङ्गीत,कला र सामाजिक क्षेत्रका पाँच जना प्रतिभालाई सिम्पल सम्मान प्रदान गर्दै आएको छ । यसै क्रममा छब्बीसौ सिम्पल सम्मानको प्रतिभा चयन गरिएको छ ।

Feb 4, 2024 - 11:05
Feb 4, 2024 - 11:11
 0  5
छब्बीसौ सिम्पल सम्मानको प्रतिभा चयन गरिएको छ ।

माघ २१ काठमाडौ,काव्य घर/ सिम्पल आर्ट्सले हरेक वर्ष साहित्य ,सङ्गीत,कला र सामाजिक क्षेत्रका पाँच जना प्रतिभालाई सिम्पल सम्मान प्रदान गर्दै आएको छ ।

यसै क्रममा छब्बीसौ सिम्पल सम्मानको प्रतिभा चयन गरिएको छ ।सस्थाका सस्थापक अध्यक्ष सङ्गीतकार तथा निर्देशक केशव सान्दाइको अध्यक्षतामा बसेको बैठकले साहित्यकार मधुसूदनप्रसाद घिमिरे,कलाकार सरिता लामिछाने ,निर्माता तथा वितरक सरोज शर्मा,गायक तथा सङ्गीतकार सूर्य दयालु र शिक्षासेवी केदारप्रसाद तिमल्सिनालाई सिम्पल सम्मान २०८० प्रदान गर्ने निर्णय गरेको छ ।

साहित्यकार तथा कलाकार विक्रम श्रेष्ठ सागर संयोजक, कलाकार करुणा पोखरेल र कलाकार जमुना पोखरेल कोइराला सदस्य रहेको प्रतिभा चयन समितिले सिफारिस गरेको नामलाई बैठकले अनुमोदन गरेको बताइएको छ ।

 सम्मान आगामी फागुन १२ गते शनिबार एक कार्यक्रम बीच समर्पण गरिने सिम्पल आर्ट्सका सस्थापक तथा पूर्व अध्यक्ष कथाकार विमल कोइरालाले बताउनु भएको छ ।

२०५५ सालमा विमल,केशव ,निबन्ध ( विकेनि)ले स्थापना गरेको सिम्पल आर्ट्सलाई वहाँहरु तीन जनाको मित्रताको प्रतीकको रुपमा लिने गरिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि