नेकपा समाजबादीका नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुलाई सम्मान गरेकाे छ ।

नेकपा एकीकृत समाजवादी अन्तर्गतकाे दोलखा-काठमाडौं सम्पर्क मन्चले नव निर्वाचित राष्ट्रिय सभा सदस्यहरु घनश्याम रिजाल र सावित्री मल्ललाई सम्मान गरेकाे छ ।

Feb 4, 2024 - 11:56
 0  3
नेकपा समाजबादीका नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुलाई  सम्मान गरेकाे छ ।

माघ २१ दोलखा ,काव्य घर /नेकपा एकीकृत समाजवादी अन्तर्गतकाे दोलखा-काठमाडौं सम्पर्क मन्चले नव निर्वाचित राष्ट्रिय सभा सदस्यहरु घनश्याम रिजाल र सावित्री मल्ललाई सम्मान गरेकाे छ । निर्वाचितहरूलाई नेकपा एकीकृत समाजवादी पार्टी कार्यालय आलाेकनगरमा शनिबार एक कार्यक्रमका बीच बधाई तथा शुभकामना सहित सम्मान गरेकाे हो ।

 

समाजवादीबाट बाग्मतीबाट दलित कोटामा दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णालीबाट महिला कोटामा दैलेखकी सावित्री मल्ल उम्मेदवार बनेका थिए । गत माघ ११ गते भएको निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट उनीहरु बिजयी बनेका थिए । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठले नवनिर्वाचित राष्ट्रिय सभा सांसद द्धयलाई बधाई तथा शुभकामना दिँदै सम्पुर्ण मतदाताको हितमा काम गर्न अनुरोध गरे । उनले सांसदको दायित्व र भूमिकाको विषयमा प्रष्ट पारे ।

कार्यक्रमका सभापति तथा दोलखा-काठमाडौं सम्पर्क मन्चका अध्यक्ष विकल श्रेष्ठले पार्टीले २ वटै सिटमा जित हासिल गरेकोमा खुसी व्यक्त गर्दै पार्टीको साख कायम राख्न तल्लो तहबाटै नतिजा उन्मुख बनाउनु पर्नेमा जोड दिए । उनले सांसद द्धयलाई अरूले भन्दा फरक काम गर्ने विश्वास व्यक्त गरे । राष्ट्रिय सभा सदस्यमा निर्वाचित दुवै सांसदले राष्ट्रिय सभा सदस्य जस्तो ठूलो जिम्मेवारी पाउनु आफुहरुको लागि ठुलो अवसर भएको भन्दै आफ्नो कार्यकालमा नमुनाको रुपमा काम गर्ने बताए । उनीहरुले शिक्षा, स्वास्थ्य, रोजगारका क्षेत्रलगायत महिलाहरुको सबलिकरण र शसक्तिकरण, दलित, पिछडिएको बर्गका बिषयमा खरो रुपमा प्रस्तुत हुने बताए ।

सम्पर्क मन्चका सचिव सागर श्रेष्ठद्धारा संचालित कार्यक्रममा उपाध्यक्ष बासु भण्डारीले स्वागत मन्तब्य दिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि