डोल्पामा विभिन्न पार्टी परित्याग एकीकृत समाजवादीमा प्रवेश 

Aug 17, 2023 - 11:56
 0  49
डोल्पामा विभिन्न पार्टी परित्याग एकीकृत समाजवादीमा प्रवेश 
साउन ३२,डोल्पा काव्य घर । डोल्पा स्थित  त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ७ बाट विभिन्न पार्टी परित्याग गर्दै ६२ जना नेता कार्यकर्ताहरू नेकपा एकीकृत समाजवादीमा  प्रवेश गरेका छ्न ।  नेकपा एकीकृत समाजवादी डोल्पाले सञ्चालनन गरेको  सङ्गठन निर्माण अभियानका क्रममा त्यतिका कार्यकर्ताहरू पार्टी प्रवेश गरेको एकीकृत समाजवादी डोल्पाले जनाएको छ ।  पछिल्लो समयमा नेकपा एकीकृत समाजवादी डोल्पाका अध्यक्ष छ्क्क धरला , सचिव युवराज थकाली ,सहसचिव कृष्ण बोहोरा , नेता बबिकिशोर गुरुङ्ग , महिला नेतृ माया ठगुन्ना सहितको नेतृत्वमा संगठन सुदृढीकरण र विस्तार अभियानमा लागेको  एकीकृत समाजवादी डोल्पाका सहसचिव कृष्ण बोहराले जानकारी दिनुभयो । डोल्पाबाट निर्वाचित एकीकृत समाजवादी पार्टीका संघीय संसद् तथा लोकपृय समाजसेवी नेता धन बहादुर बूढा सहित पार्टीको केन्द्र प्रदेशको सहयोग र कार्ययोजनाले पनि डोल्पामा संगठन विस्तार गर्न सहयोग पुगेको बताईएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि