कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष राजीनामा बुझाए सग काङ्ग्रेस माओवादी मुख्य मन्त्रीमा दावी

कार्कीले आज नै पदबाट राजीनामा दिएका हुन्। उनले प्रदेशसभाबाट आजै विश्वासको मत लिने कार्यसूची थियो। तर, विश्वासको मत पाउने अवस्था नबनेपछि उनले राजीनामा दिएका हुन्।

Oct 7, 2023 - 13:09
 0  23
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष राजीनामा बुझाए सग काङ्ग्रेस माओवादी मुख्य मन्त्रीमा दावी

असोज २०, मोरङ , काव्य घर / कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष राजीनामा बुझाएका छन्।

 कार्कीले आज नै पदबाट राजीनामा दिएका हुन्। उनले प्रदेशसभाबाट आजै विश्वासको मत लिने कार्यसूची थियो। तर, विश्वासको मत पाउने अवस्था नबनेपछि उनले राजीनामा दिएका हुन्।

विश्वासको मतको प्रयोजनका लागि बोलाइएको प्रदेशसभालाई सम्बोधन गर्दै उनले मत परीक्षण नगरिकन राजीनामा दिएको घोषणा गरेका थिए त्यसपछि प्रदेश प्रमुखसक्षम कार्कीसहितका एमाले नेताहरू प्रदेश प्रमुखको कार्यालयमा पुगेर राजीनामा बुझाए।

 

कोसी प्रदेशको अब बन्ने नयाँ सरकारको नेतृत्वका लागि गठबन्धन दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले दाबी प्रस्तुत गरेका छन्। संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतामा भदौ २२ गते मुख्यमन्त्री बनेका नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले विश्वासको मत नपाउने भएपछि आजै राजीनामा दिएका हुन ।

 कार्कीको राजीनामासँगै प्रदेशमा उपधारा ५ बमोजिम नयाँ सरकार गठनको बाटो खुलेको छ। उपधारा ५ बमोजिम प्रदेशसभामा बहुमत पुर्‍याउनसक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

 

यसअन्तर्गत मुख्यमन्त्री बन्न दलको नेता भइरहनु पर्दैन। बहुमत दाबी गर्ने प्रदेशसभा सदस्य मुख्यमन्त्री बन्न पाउँछन्। मुख्यमन्त्री कार्कीले पदबाट राजीनामा दिएसँगै सरकारको नेतृत्वका लागि गठबन्धन दल कांग्रेस र माओवादीले दाबी प्रस्तुत गरेका हुन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि