दायित्व वाङ्मय प्रतिष्ठानद्वारा सम्मान र पुरस्कारको घोषणा

May 16, 2023 - 19:08
May 22, 2023 - 08:41
 0  6

२०८० वैशाख ३०,काठमाडौं/राजकुमार खड्का 

दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको हालै बसेको कार्यसमितिको बैठकले प्रतिष्ठानद्वारा अर्पण गरिने २०८० सालका विभिन्न सम्मान तथा पुरस्कारका लागि प्रतिभाहरूको चयन गरेको छ। प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको अध्यक्षतामा बसेको बैठकले शशी पन्थी ९गुल्मी० र रमेश गोर्खाली ९काठमाडौं० लाई दायित्व वाङ्मय विशिष्ट सम्मान तथा विष्णुबहादुर सिंह र चन्द्रकान्त आचार्य ९अर्घाखाँची० लाई दायित्व वाङ्मय सम्मान अर्पण गर्ने निर्णय गरेको छ।



यसैगरी प्रतिष्ठानले विद्वच्छिरोमणि हेमराज पुरस्कारद्वारा कोशकार चूडामणि गौतम, दायित्व मुरलीदेवी(गुरुदत्त काफ्ले स्मृति पुरस्कारद्वारा वसन्त रिजाल, दायित्व यशोदा पन्त प्रतिभा पुरस्कारद्वारा डा.जया सत्याल र हरिकला(गुणाकर दायित्व रचना पुरस्कार(२०७९ द्वारा त्रिभुवनचन्द्र वाग्लेलाई पुरस्कृत गर्ने निर्णय गरेको छ। सम्मान र पुरस्कारहरू आगामी जेठ १३ गते शनिबार काठमाडौँमा कार्यक्रमको आयोजना गरी समर्पण गरिने छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि