नयाँ वर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न ।

May 17, 2023 - 12:42
 0  4

पेरोल साहित्य प्रतिष्ठान नेपालको आयोजनामा नयाँ वर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान सहित हाइकु विशेष कार्यक्रम सम्पन्न भएको छ ।
पेरोल साहित्य प्रतिष्ठानको अध्यक्ष रेणुका भट्टराईको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानको पुर्व सदस्य सचिव प्रा.जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ले हाइकुलाई नेपाली माटो सुहाँउदो बनाउँदै जानुपर्नेमा जोड दिनु भयो । नेपाली साहित्यमा हाइकु समृद्धि हुदै गएको बताउँनु भयो । उक्त कार्यक्रममा बिशिस्ट अतिथि प्रा. डा रामकुमार पाँडेले हाइकु विश्व कविता भएकाले नेपाली लेखन उर्वर भुमि भएको बताउँनु भयो । साथै ५–७–५को संरचनामा हाइकु लेखिनु पर्दछ भन्नु भयो । यसैगरी बिशिस्ट अतिथि प्रा.पुस्कार लोहनीले नेपालमा हाइकुको प्रवेश सँगै विकासको यात्रामा लागिरहेको बताउँनु भयो । सो कार्यक्रमा अतिथिहरु प्राज्ञ चेतनाथ धमला,गंगा लिगल, मोहन बहादुर कायस्थ, दिल पौडेल, चन्द्रकला शाह र ललिता ‘दोषी’ लगायतले मन्तव्य सहित हाइकु बाचन गर्नु भएको थियो । बैरागी जेठाको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथिले व्यानर पढेर गर्नु भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow