साहित्यकार लम्साललाई क्षेत्रप्रताप साहित्य पुरस्कार

कवि क्षेत्रप्रताप अधिकारीको सम्झनामा स्थापना गरिएको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार डा. नवराज लम्साललाई प्रदान गरिएको छ।

Mar 23, 2024 - 22:47
 0  11
साहित्यकार लम्साललाई क्षेत्रप्रताप साहित्य पुरस्कार

 चैत्र १० तनहुँ ,काव्य घर / गाउँवेशीका कवि उपनामले चिनिनु भएका तनहुँमा जन्मनु भएको कवि क्षेत्रप्रताप अधिकारीको सम्झनामा स्थापना गरिएको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार डा. नवराज लम्साललाई प्रदान गरिएको छ।

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले सो पुरस्कार शनिबार ऋषिङ गाउँपालिकाको पोखरीभञ्ज्याङमा कार्यक्रममा प्रदान गरिएको हो। ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष आकाश अधिकारीले सयुक्त रुपमा प्रदान गर्नुभयो। क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कारको राशि २५ हजार छ।

त्यसैगरी नेपाल अधिराज्यमा तनहुँ कृति वाङ्मय पुरस्कार–२०८० डा. रमेशचन्द्र अधिकारीलाई प्रदान गरिएको छ।

सो पुरस्कारको राशी २५ हजार रहेको छ। गीतल राष्ट्रिय पुरस्कार–२०८० तिला लेकालीलाई प्रदान गरेको छ। उक्त पुरस्कारको राशि १० हजार छ।

गीतल प्रतिभा पुरस्कार–२०८० शोभासिंह ठकुरीलाई प्रदान गरिएको छ। उक्त पुरस्कारको राशि पाँच हजार छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि