साहित्य कला सङ्गम दमकद्वारा स्रष्टाहरु सम्मानित

साहित्य कला सङम दमकद्वारा हरेक बर्ष प्रदान गरिदै आएको विभिन्न पाँच पुरस्करहरु रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम शनिवारका दिन स्रष्टा डा.देवी नेपाल ,डम्बर दहाल आसाम,ताराबहादुर बुढाथोकी ,कमला खनाल र रेखा सुवेदीलाई नगद सहित प्रमाणपत्र दोसल्ला द्वारा सम्मान गर्दै भव्यताकासाथ सम्पन्न भएको छ ।

Mar 23, 2024 - 21:54
 0  134
साहित्य कला सङ्गम दमकद्वारा स्रष्टाहरु सम्मानित
तस्वीर-राजकुमार खड्गा

चैत १० दमक,काव्य घर / साहित्य कला सङम दमकद्वारा शनिबार आयोजित कार्यक्रमकाबीच नेपाल र भारतका साहित्यकारहरु डा.देवी नेपाल ,आसामको नेपाली भाषी साहित्यकार डम्बर दाहाल सहित पाँच जना स्रष्टालाई नगद पुरस्कारसहित सम्मान गरिएको छ ।

कार्यक्रममा बिहानी कला केन्द्र दमकका कलाकारहरुले स्वागत गीत प्रस्तुत गर्दै शुरु भएको कार्यक्रमलाई संगीतमय बनाएका थिए ।

उक्त अवसरमा नेपाली साहित्य क्षेत्रमा अनवरत कृयाशिल रहदै सेवा पुर्‍याए बापत झापाली साहित्यकार डा. देवी नेपाल त्यस्तै आसामका नेपाली भाषी साहित्यकार डम्बर दाहाललाई भवानी मिश्र पुरस्कारबाट सम्मान गरिएको हो । उनीहरुलाई लामो समयदेखि नेपाली भाषा, साहित्यको क्षेत्रमा विशिष्ट योगदान गरे वापत सो सम्मान गरिएको हो ।

त्यस्तै संखुवासभाका ताराबहादुर बुढाथोकीलाई पनि सोही पुरस्कारबाट सम्मान गरिएको थियो । त्यस्तै साहित्यकला श्री पुरस्कारबाट दमककी कमला खनाललाई सम्मान गरियो । उनी झण्डै दुई दशकदेखि निरन्तर कला संगीतका क्षेत्रमा क्रियाशील स्रष्टा हुन । पछिल्लो समय बिहानी कला केन्द्र दमकको स्थापना गरेर संगीत क्षेत्रमा क्रियाशील रहदै आइरहनु भएको छ ।

सोही कार्यक्रममा तुलसादेवी न्यौपाने स्मृति पुरस्कारबाट मोरङ बेलबारीकी स्रष्टा रेखा सुवेदी पनि सम्मानित हुनु भयो । ती सबै पुरस्कारको राशी जनही ३५ हजार ,दोसल्ला, स्मृति चिन्ह र सम्मान पत्र रहेको थियो ।

साहित्य कला संगम दमकका अध्यक्ष विष्णु नेउपानेको सभापतित्वमा आयोजित पुरस्कार तथा सम्मान अर्पण समारोहमा भाषाविद् प्राध्यापक डा. टंक न्यौपानेको प्रमुख आतिथ्य र सम्मानित व्यक्तित्वहरुलाई ति पुरस्कारहरु डा. लेखनाथ न्यौपानेसहित साहित्यकार चन्द्र भण्डारी, साहित्य कला संगम दमकका पूर्व अध्यक्ष पूर्व अध्यक्ष नरपति पाण्डे लगायतले सम्मान गरेका थिए । कार्यक्रममा झापा मोरङका साहित्यकारहरुको उपस्थिति रहेकोे आयोजक सस्थाका सदस्य बिरेन्द्र खड्काले काव्य घरलाई जानकारी दिए । बिन्दु दहालद्वारा स्वागत मन्तव्य राखिएको कार्यक्रमको सहजीकरण सस्थाका महासचिब दीपक सुबेदीले गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि