हाम्रो समाज कता गइरहेको छ ?

गाउँमा मादक पदार्थ सेवन नगर्ने र गल्फ्रेण्ड ब्वाइफ्रेण्ड नहुने ब्यक्तिको यो समाजमा कुनै भविष्य छैन । कुनै स्थान छैन। दुःखका साथ भन्नुपर्छ । मोरङको पथरी काण्ड एउटा प्रतिनिधि घटना मात्रै हो।

Oct 4, 2023 - 09:04
 0  21
हाम्रो समाज कता गइरहेको छ  ?

नेपालीहरुको नियति भनौं या बाध्यता हो वैदेशिक रोजगार ,बिदेशमा पनि भने जस्तो त कहाँ छ र ? भने जस्तो रोजगारी देशमा नहुनु ,देशमा अमनचयन नहुनु ,शान्ति शुसासन नहुनु ,न्याय इन्साफ नहुनु ,इ जम्मैको पीडा प्रवास हो। प्रवास नगै पनि भको छैन,जादा पनि सुख छैन। आफ्नो घर परिवारको बैशाखी बन्नका लागि या आफ्नो भविष्य सुखद बनाउँनका लागि बैदेशिक रोजगारमा बिदेशी भूमिमा पसिना बेच्न जानू रहर हुँदै होइन बाध्यता हो। यहि बाध्यताको फाइदा जस्ले जिन्दगी सगैं जिउने मर्ने कसम खाएर साथ दिएको हुन्छ उसैलाई जिन्दगीको चाबीले लथालिङ्ग पारिएका ती पुरुष या त महिला जो तिनिहरूको भाग्य भविष्यको क्षतिपूर्ति कस्ले दिन्छ ?

महिलाबादी संघ सस्था संगठनहरुले एक नम्बरमा सोच्नुपर्छ । यो बिकृती बिसंगती मौलाउँनुमा ठुलो हात उहाँहरुको छ। अन्याय र अत्याचारको बिरोध र न्यायको पक्षमा वकालत गर्नुपर्‍यो। महिला भन्दैमा महिलाको गल्ती ढाक्छोप गरेर महिला बादी भएर वकालत गर्नु भएन। अनि गाउँमा भद्र भनिएका ब्यक्तिहरुको पनि हात छ। उनीहरुले मुस्कानका भरमा पक्षबिपक्ष, न्याय अन्याय छुट्याउने,वैदेशिक रोजगारमा भएका श्रीमानका पत्निहरु देख्नै नहुने,उनिहरु प्रतिको गिद्दे नजर,एकल महिला देख्नै नहुने ,हाम्रा कथित अनुहारका भद्र व्यक्तिहरुको  चरित्रका कारण पनि समस्या छ । वास्तबिक गल्ती कस्को ह? यो निर्कोल गर्नु पर्‍यो । यति निर्कोल गर्न नसक्ने कसरी भद्र भयो ? समाजमा हो यस्तै मानिसहरुको बोलवाला छ। गाउँमा मादक पदार्थ सेवन नगर्ने र गल्फ्रेण्ड ब्वाइफ्रेण्ड नहुने ब्यक्तिको यो समाजमा कुनै भविष्य छैन । कुनै स्थान छैन। दुःखका साथ भन्नुपर्छ । मोरङको पथरी काण्ड एउटा प्रतिनिधि घटना मात्रै हो।

गाउँपालिका नगरपालिकामा गठित न्याय समितिको काम कर्तव्य अधिकार ठिक छ तर योग्यता क्षमता कति हो ? यहाँ योग्यता क्षमताप्रति नै गम्भीर प्रश्न छ। चार कक्षा पास न्यायिक समितिको संयोजक र सदस्य भएका छन। स्नातकोत्तरलाई कज्याउँछन् अनियनिहरुले दिने न्याय आफ्नै योग्यता क्षमता अनुसार मात्रै हो । उनीहरुमा निर्णय दिने तरिका पनि न्यायोचित छैन पक्ष मै जान्छ।त्यसमा पहिला पार्टी हेरिन्छ,जाती हेरिन्छ ,लिङ्ग हेरिन्छ ।अनि कहाँबाट कस्ले न्याय पाउँछ ? प्रहरी प्रशासनमा त झन अपराधी नै महिला किन नहोस । महिला पुरुष बीचको मुद्दामा सिधै पाइपलाइनमा छिराउनु पुरुषलाई निगरानीमा राख्नु भन्ने उहिप नै छ। न्याय इन्साफ जस्तो क्षेत्रमा पनि यसैगरी विभेद गर्दै जान मिल्छ ? राज्य यसैगरी अघि बढेपछि मोरङको पथरी जस्ता गम्भीर घटनाले मानिसले के सोच्दैछन् ? के जान्दै बुझ्दैछन ?? वैदेशिक रोजगारमा रहेका आफ्ना आफ्न्तले के सम्झिदै छन ? के सिक्दैछन ? बडो चिन्ताको बिषय छ। आफ्नै घर गाउँटोलमा आफ्नो सुरक्षा नहुदा के हुदो हो मानिसको भविष्य ?? नेपालमा सरकारले यौन व्यबहारलाई ब्यबहारिक र व्यवस्थापन गर्न नसक्नु,बैधता दिएर निश्चित क्षेत्र छुट्ट्याएर अघि बढाउन नसक्नु यौन शिक्षा दिन नसक्नु नै निर्मला पन्त जस्ता प्रतिनिधि पात्र घटनाहरुलाई मौलाउन दिनु हो । यसलाई बैधानिक बनाउने हो भने बलात्कार जस्ता गम्भीर अपराध नियन्त्रण हुन्छन।  तर हाम्रोमा सामाजिक कुसंस्कार पनि छ। यहि कारण पनि समस्या छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि