दिनदहाडै हत्या गर्नेलाई किन दिइयो आम माफी ? संविधान दिवसको अर्थ यही हो?

राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएर कारागारबाट छुटेका योगराज (रिगल) ढकालविरुद्धको मुद्दा दोस्रो पटक पेशीमा चढे पनि हेर्न भ्याइएन।

Oct 3, 2023 - 23:22
Oct 3, 2023 - 23:26
 0  17
दिनदहाडै हत्या गर्नेलाई किन दिइयो आम माफी ? संविधान दिवसको अर्थ यही हो?

 असोज १७ काठमाडौं, काव्य घर /राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएर कारागारबाट छुटेका योगराज (रिगल) ढकालविरुद्धको मुद्दा दोस्रो पटक पेशीमा चढे पनि हेर्न भ्याइएन।

 

नेपालगन्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भई ढकालले सर्वस्वसहित जन्मकैदको सजाय पाएका थिए। १२ वर्षको सजाय बाँकी छँदै ढकाललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आममाफी दिएका थिए।

२०७२ असार २८ खुँडा प्रहार गरी ढकालले चेतनको हत्या गरेका थिए। तरुण दल, बाँके-३ का तत्कालीन क्षेत्रीय सभापति ढकालले संविधान दिवसका अवसरमा असोज ३ गते आममाफी पाएका थिए। श्रीमानलाई खुँडा प्रहार गरी हत्या गरेका ढकाललाई राष्ट्रपति पौडेलबाट कैदमाफी भएपछि चेतनकी श्रीमती भारती शेर्पा (मानन्धर)ले असोज १४ गते रिट दायर गरेकी थिइन। सोमबार प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिए पनि हेर्न नभ्याइनेमा परेको थियो। त्यस्तै मंगलबार न्यायाधीश डा. कुमार चुडालको इजलासमा दोस्रो पटक पेशी थियो। तर, डा. चुडालको इजलासमा पनि हेर्न नभ्याइएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

 रिट निवेदनमा राष्ट्रपतिको कार्यालय शितल निवास, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला कारागार कार्यालय दाङ, जिल्ला प्रशासन कार्यालय दाङ, महान्यायाधिवक्ताको कार्यालय रामशाहपथ काठमाडौं र रिगल ढकाललाई विपक्षि बनाइएको छ।

 

आममाफी पाएपछि जिल्ला कारागारमा दाङबाट रिहा भएका ढकाललाई फूलमालासहित नेपालगन्जमा कार्यकर्ताले स्वागत गर्दै अविरजात्रा गरेका थिए। ढकाल हप्ता असुलीमा संलग्न भएको र सो को विरोध गर्दा चेतनमाथि खुँडा प्रहार भएको पीडित परिवारले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि