डा.पौडेललाई वीर अस्पतालमै फर्काउन सर्वोच्चको आदेश
न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पौडेललाई हटाउने मन्त्री मोहनबहादुर बस्नेतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो
पौष ३,काठमाडौं,काव्य घर। वीर अस्पतालको निर्देशकबाट डा. सन्तोष पौडेललाई हटाउने स्वास्थ्यमन्त्रीको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च ले आदेश दिएको छ । साथै डा.सन्तोष पौडेललाई वीर अस्पतालमै फर्काउन सर्वोच्च अदालतको आदेश रहेको छ ।
मंगलबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पौडेललाई हटाउने मन्त्री मोहनबहादुर बस्नेतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । वीर अस्पतालको निर्देशकबाट डा. सन्तोष पौडेललाई हटाउने स्वास्थ्यमन्त्रीको निर्णय पछि न्यायका लागि पौडल सर्वोच्च अदालत गएका थिए ।
What's Your Reaction?