झापाको केर्खामा स्थानीयले नगरटोल सरसफाइ कार्यक्रम चलाए

हाम्रो केर्खा राम्रो र सुन्दर केर्खा बाताबरण सफा राखौं भन्ने मुल नारा सहित नगर बजार सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

Oct 9, 2023 - 15:41
 0  14
झापाको केर्खामा स्थानीयले नगरटोल सरसफाइ कार्यक्रम चलाए

असोज २२ झापा ,काव्य घर / हाम्रो केर्खा राम्रो र सुन्दर केर्खा बाताबरण सफा राखौं भन्ने मुल नारा सहित नगर बजार सरसफाइ कार्यक्रम आज सम्पन्न गरेको छ ।

 सामाबेसी महिला ससक्तिकरण र फाल्गुनन्द टोल बिकास सस्थाको आयोजनामा भएको बृहत सरसफाइ कार्यक्रममा स्थानीय नागरिक ,युवा महिला र विभिन्न क्षेत्रमा कायरत ब्यक्तित्वहरुको उपस्तिथिमा कमल गाउपालिकाको केर्खा बजार आसपास सरसफाइ गरिएको थियो ।

 सरसफाइ सगसगै डेङ्गु रोग नियन्त्रणका लागि स्थानीय नागरिकहरुलाई घरघरमा जनचेतना समेत दिइएको थियो ।

 

सरसफाइ कार्यक्रममा केर्खा बजाररबासीहरु , टोल बिकास सस्थाका स्थानीयहरु, प्रहरी चौकी केर्खा ,लुम्बिनी बिकास बैंक शाखा केर्खाको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग र सहभागिता रहेकोे स्थानीय महिला नेतृ गौरा चापागाईंले काव्य घरलाई जानकारी दिनु भएको थियो ।

झापाको कमल गाउपालिकाको केर्खा बजार पुर्व पश्चिम हाइवे आसपास सधै सफा राख्नुपर्ने र यसपटक दशैको मुखैबाट यसैलाई शुरूवात सगै निरन्तरता दिइदै लैजाने स्थानीय सरोज सुब्बाले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि