नेपाल वायुसेवा निगमद्धारा दुई कर्मचारी निलम्बित

Dec 19, 2023 - 10:47
 0  6
नेपाल वायुसेवा निगमद्धारा दुई कर्मचारी निलम्बित

पौष ३,काठमाडौं काव्य घर। नेपाल वायुसेवा निगमले किर्ते कागजात प्रकरण मा नेपाल वायुसेवा निगमका दुई कर्मचारीलाई निलम्बन गरेको पत्र काटेको छ । निलम्बन पर्नेमा यात्रुसेवा विभागका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव रहेका निगमका मानव संसाधन विभागका प्रमुख अशोक सिग्देलले बताए ।


पोखरेल र यादव नक्कली कागजातका आधारमा कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा गत मंसिर १९ गते पक्राउ परेका थिए । प्रहरीले पोखरेल र यादव पक्राउको जानकारी गराएपछि उनीहरुलाई निलम्बनको पत्र काटिएको सिग्देलले बताए ।

अध्यागमन र विभिन्न एयरलाइन्सका कर्मचारीकै मिलेमतोमा नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाइने गरेको खुलासा यसअघि प्रहरीले गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि