कल्पितको ग्याब्रियले कथासंग्रह डायस्पोरा साहित्य लेखनको एक नमुना -शर्मा ललिता

साहित्यकार कृष्ण प्रसाद पराजुलीका हातमा आस्था पुग्छ कथासङ्ग्रहले न्याय पाउछ । वहाँले कथा सङ्ग्रह पढेर कथाकार कल्पितलाई फोन गर्दैं कथा राम्रो र सन्देश मुलक छ भन्दैं मीठो प्रतिक्रिया दिनुहुन्छ लेखकमा पुनः उर्जा थपिन्छ । फलस्वरुप दोस्रो कथा ग्याब्रियलेको जन्म २०७७ हुन्छ ।

Mar 15, 2024 - 10:13
Mar 15, 2024 - 10:39
 0  13
कल्पितको ग्याब्रियले कथासंग्रह डायस्पोरा साहित्य लेखनको एक नमुना -शर्मा ललिता
फायल तस्वीर

 कृति समीक्षा- कल्पितको ग्याब्रियले कथासंग्रह डायस्पोरा साहित्य लेखनको एक नमुना -शर्मा ललिता फायल तस्वीर ग्याब्रियले कथासङ्ग्रहको जन्म बारे भन्नुपर्दा आस्था कथासङ्ग्रहको प्रकाशन पछि लेखकलाई सोचे जति सफलता प्राप्त गर्न नसकेको जस्तो महशुस हुन्छ । केहि बर्ष साहित्यबाट मोहभङ्ग भए जस्तैं हुन्छ ।

जव एकदिन बरिष्ट साहित्यकार कृष्ण प्रसाद पराजुलीका हातमा आस्था पुग्छ कथासङ्ग्रहले न्याय पाउछ । वहाँले कथा सङ्ग्रह पढेर कथाकार हरिश कल्पितलाई फोन गर्दैं कथा राम्रो र सन्देश मुलक छ भन्दैं मीठो प्रतिक्रिया दिनुहुन्छ लेखकमा पुनः उर्जा थपिन्छ । फलस्वरुप दोस्रो कथा ग्याब्रियलेको जन्म २०७७ हुन्छ । कथाकार हरिश कल्पितले “ग्याब्रियले कथासङ्ग्र “ आफ्ना स्वर्गीय दाजु लालचरण सुवेदीप्रति सादर समर्पित गर्दैं वहाँलेनै साहित्य क्षेत्रमा लाग्न सधैं प्रोत्साहन गरेको कुरा स्मरण गर्नु भएकोछ । यसबाट पनि स्पष्ट हुन्छ वहाँको पारिवारिक माहोल साहित्यिक थियो साथैं भातृत्व सम्बन्धमा संस्कार र माया भरिपूर्ण थियो । हरिश कल्पितको ग्याब्रियलेकथा संग्रह बाहिरी आवरण सहित जम्मा १५२ पेजको छ । यस्को पहिलो आवरणमा बाबाको माहिली औँला बच्चाले समातेको चित्रले सुसज्जित छ । भने अन्तिम आवरणमा हरिश कल्पितको सुन्दर तस्वीरले कथाकारको व्यक्तित्व दर्शाएको छ। आवरणको अन्तिम तस्वीर पुज्यनिय (श्रीमती प्रेमकुमारी सुवेदी) आमाको छ । आमाले प्रकाशकको भुमिका निभाई छोरालाई साहित्यमा दर्बिलो खम्बा बन्ने काम गर्नु भएको छ। “भनिन्छ जो सँग आमा हुनु हुन्छ उसले संसार जित्न सक्छ”। कथा पढ्दा र मनन गर्दा नेपाल र नेपालका सहरीया समाजमा घट्ने घटनाहरूका साथैं जापान र बाह्य संसारका सामाजिक परिवेशका अनेकौं प्रसङ्गलाई कोट्याउँदै सुन्दरकथा सिर्जना गरेको देखिन्छ कथाकारले। कथाहरूमा नारी मनोदशा,पुरुषका संवेग, प्रेम बिछोड,युवाका भोगाइ, समाजका विभिन्न वर्गका उतारचढाव, परिबन्दले मानव जीवनमा सिर्जना गरेका अनपेक्षित मोडहरू,मानव जीवनमा नसोचेका अप्रत्याशित आईपर्ने दुर्घटना जस्ता प्रसङ्गलाई सुन्दर रङमा ढालेर पाठकलाई पढौं पढौं लाग्ने र उत्सुकता जगाउँने सुन्दर शब्दसंयोजनबाट कथा पस्किननु भएको छ । कथाकार हरिश कल्पितले जापानी चेलीसँग बैवाहिक सम्बन्ध जोडेकोले नै होला । कथाहरू कुनै नेपाली परिवेश र कुनै जापानी परिवेशमा लेखिएका छन् । कथाकारले कथा सङ्ग्रहको नाम ग्याब्रियले नामकै कथा शीर्षकबाट लिनु भएको छ । जापानमा सुख सुबिधा छ तर सम्बन्धहरू स्वार्थी र पैंसामुखी हुँदा । प्रेम र मायामा न्यानोपन कमजोर हुँदै गइरहेको छ ।

यस्तै भावसहित हरिश कल्पितले कथा जन्माएका छन् जापानको सेरोफेरोमा । यो कथा सत्य घटनामा आधारित छ, मार्मिक छ ,एउटा प्रेमीले परिवारको कथा, कथाकार कैं साथीको कथा । थोमस नाम गरेका यूवकको जापानी (मिका) युवतीसँग जीवन गाँसिन्छ । सुन्दर छोरीको जन्म हुन्छ । एकाएक मिका बेपत्ता हुन्छिन्। एउटा नाबालक छोरीले समातेको बाबाको हात छुट्छ । बाबा सन्तानको लागी छटपटाँउ छन् तर मिका फर्किदैंनन्। हरिश कल्पितले साथीलाई ग्याब्रियले कथा लेखेर अङ्ग्रेजीमा अनुवाद सहित भेट गर्छन् तर थोमसलाई छोरीको मायाले सताइनैं रह्यो। ग्याब्रियले कथासङ्ग्रहमा जम्मा तेह्र कथा समावेश छन् ।

 १० मोहभङ्ग २० बिहे ३० पुष्पलता ४० मोहजाल ५० उहाँहरू आउनु भयो मर्मत ६० ग्याब्रिरयले ७० मेरी प्यारी छोरी ८० बधाई छ देवानी ९० कृष्ण सर १०० अनिमा ११० केईको सेनसेई १२० भ्रमजाल १३० एडमको प्रेम तेह्रवटा कथाहरूनै समाजमा घट्ने घटनालाई मार्मिक तरिकाबाट प्रस्तुत गरिएको छ । शब्द शब्दले मन छुन्छ। भाषा अत्यन्त मीठो छ। सबै कथाहरू पढी नसक्दैन कीताव छोड्न मन लाग्दैन । हजुरहरू पनि पढेर आनन्द प्राप्त गर्नहोस् भन्न चाहनु हुन्छ। पाठले पढेर दिएको प्रतिक्रियाले लेखकलाई उर्जावान बनाउँछ । फेरि छिटै नया सृजनाले जन्मलिन्छ। सुन्दर शब्द संयोजनबाट तयार गरिएको ग्याब्रियले कथासङ्ग्रहको मूल्य रु २७५् मात्र राखिएको छ। अन्तमा लेखकको कलम निरन्तर चलिरहोस् । हार्दिक शुभकामना !! 

पेप्सीकोला काठमाडौं

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि