गीतकार गीता खत्रीको साङ्गीतिक साँझ सम्पन्न 

गीता खत्रीद्धारा रचना गरिएका तथा रेकर्ड भएको १६ वटा गीत प्रस्तुत भएका थिए

Apr 28, 2024 - 09:00
Apr 28, 2024 - 09:02
 0  16
गीतकार गीता खत्रीको साङ्गीतिक साँझ सम्पन्न 


बैशाख १६,काठमाडौं, काव्य घर । गीतकार संघ नेपालको आयोजनामा  गीतकार गीता खत्री साङ्गीतिक  साँझ राष्ट्रिय नाचघरमा शनिबार भव्य रूपमा सम्पन्न भएको थियो । सो कार्यक्रम गीता खत्रीका पिता कमल बहादुर खड्काले गणेश स्तुति भजन पाठ गरेर उद्घाटन गर्नु भएको थियो ।  कार्यक्रममा गीता खत्रीद्धारा रचना गरिएका तथा रेकर्ड भएको १६ वटा गीत प्रस्तुत भएका थिए  ।

‘मेरो नेपाल’ बोलको गीत राष्ट्रिय गाानको सामुहिक प्रस्तुतिबाट गरि शुरु भएको उक्त कार्यक्रममा  पिरतीको फूल,‘किन आज उदास’ –निशा देशार, तिमीसँग हाँस्छु,भरोसा छैन जीवनको, नजर पापी –प्राश्ना शाक्य, राती फूल्ने फूलु,  समय बगिरहेछ –राज सागर, –बाँझो खेतले बोलायो–हरि लम्साल, कसरी रिझाऊँ– छिरिङ भुटिया, कुहिरोभित्र– विश्व नेपाली, बादलुको घुम्टो–परिधी परियार, गुंड रित्तो–संजय तुमरुख, अँधेरी रात र बसिसक्यो तिमीसँग– बानिका प्रधान र मखमली मखमली–संजय तुमरुख र निशा देशारको स्वरमा प्रस्तुती रहेको थियो ।

प्रस्तुत कार्यक्रमको वाद्यवादकहरु राजु सिंह–संगीत संयोजक, दिनेश राज रेग्मी –किबोर्ड साथै सहायक संगीत संयोजक,–  रविन कार्की –ढली,सोलो भाइलिन, सुरज प्रधान – लिड गितार, कृपेश थापा – बेस गीतार, संजिव मैनाली – बाँसुरी, सुधिर चौधरी – तबलारमादल, जेपि जोशी – ढोलक, भुपेन्द्र रसाइली – अक्टोप्याड को भूमिकामा रहेका थिए । बरिष्ठ गीतकारहरू, बरिष्ठ साहित्यकारहरू, गायक, संगितकार, नाटककार जस्ता विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थितिले हल खचाखच रहेको थियो । उक्त साँगितिक साँझमा प्रस्तुत भएका सबै गीतहरू स्वरुपराज आचार्य, नरेन्द्र प्यासी, पविता परियार, हरि लम्साल, सिर्जना लामा, सपना श्री, दीपक लिम्बू जस्ता स्थापित गायकहरूको स्वरमा रेकर्ड भइसकेका छन् । भरोसा छैन जीवनको बोलको गीत त स्वयम् गीता खत्रीकै स्वरमा रेकर्ड भएको छ भने मखमली मखमली बोलको गीत गीताका पिता कमल बहादुर खड्का र गीता खत्रीको स्वरमा रेकर्ड भएको छ ।

 प्रस्तुत भएका गीतहरू सुन्दैगर्दा कहिले रुवाए, कहिले हँसाए । माटोको माया, देशप्रेम, बुबाआमाको माया, प्रकृतिप्रेम, जीवनसाथीसंगको आत्मीयता, विश्वास अनि भरोसा, परदेशको कथा, घरदेश रित्तिँदै गरेको चिन्ता जस्ता विविध संवेदनाले ओतप्रोत भाव व्यक्त भएका यी गीतहरू मार्मिक विषय उठान गरेका छन् ।

यो भव्य कार्यक्रममा गीतकार संघ  नेपालका अध्यक्ष बसन्त वित्यासी थापाले गीता खत्रीलाई डायस्पोरा गीतकार सम्मान –२०७८ ,रु १५००० नगद सहित दोसल्ला र सम्मानपत्र ले सम्मान गरेका थिए  भने गीताका जीवन साथी राम खत्रीलाई पनि खादा मालाले सम्मान गरेका थिए । त्यसैगरी कार्यक्रममा अहम् भूमिका निर्वाह गर्ने सबै कलाकारलाई कदर पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन सञ्चारकर्मी  मन्दिरा ढुङ्गेलद्धारा भएको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि