काठमाडौंमा भोलि बृहत हाइकु बाचन हुदै

Oct 13, 2023 - 14:29
Oct 13, 2023 - 17:40
 0  14
काठमाडौंमा भोलि बृहत हाइकु बाचन हुदै


असोज २६, काठमाडौं, काव्य घर । काव्य घर नेपाल मिडिया प्रा.लिको साहित्य विभाग पेरोल काव्य घर नेपाल काठमाडौंको आयोजनामा विजयादशमी तथा तिहारको शुभकामना आदान प्रदान तथा ‘बृहत हाइकु’ बाचन कार्यक्रम  भोलि हुने भएको छ ।

विभिन्न भाषाका हाइकु कविहरुले आफ्नो सिर्जना बाचन गर्न पाउँने छन् । विभिन्न जिल्ला र विदेशमा रहनु भएका स्रष्टालाई पनि कार्यक्रममा सहभागी गराउँने योजना रहको आयोजक संयोजक रेणुका भट्टराईले हामीलाई जानकारी गराउँनु भएको छ ।

उक्त बृहत हाइकु बाचनमा अग्रज,अनुज, र नवप्रतिभा सहितको सहभागिता रहनेछ । आज सम्ममा हाइकु बाचनका लागि सहभागिहरुको नाम टिप्ने सूचना जारी भएको थियो । उत्साह जनक सहभागिता भएको पनि जानकारी भएको छ । स्मरण रहोस् जापानी साहित्यको कविता हाइकु नेपालमा २०१९ सालमा भित्रिएको हो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि