पाँचथरमा बोलेरो जिप दुर्घटना

दुर्घटनामा मृतकको संख्या ३ पुग्यो, ८ जनाको पाँचथर अस्पतालमा उपचार हुँदैछ  ।

Jul 27, 2023 - 13:20
 0  30
पाँचथरमा   बोलेरो जिप  दुर्घटना


साउन ११,पाँचथर, काव्य घर । मेची राजमार्गको पाँचथर खण्डमा मंगलबार दिउँसो भएको बोलेरो जिप दुर्घटनामा परी थप एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी मिक्वाखोला गाउँपालिका ५ पापुङ सम्बिुकी इसेटिमा शेर्पाको उपचारका क्रममा मृत्यु भएको हो । उनको गए राति साढे १ बजे उपचारका क्रममा बिएनसि अस्पताल बिर्तामोडमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथर जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएकी शेर्पालाई थप उपचारका लागि झापा ल्याइएको थियो । गम्भीर धाइते भएकी शेर्पालाई बिएसि अस्पतालमा आइसियुमा राखेर उपचार गरिदै थियो । दुर्घटनामा मृतकको संख्या ३ पुग्यो, ८ जनाको पाँचथर अस्पतालमा उपचार हुँदैछ  ।
सोही दुर्घटनामा ताप्लेजुङ मैवाखोला गाउँपालिका १ ढुङ्गेसाँघुका ४५ वर्षीय जितेन्द्रमणि विक्रम वनेमको मंगलबारनै मृत्यु भएको थियो । उनको पाँचथर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । सोहि दुर्घटनामा घाइते भएकी फिदिम नगरपालिका वडा नं १० याङ्नामकी ३५ वर्षीया सविना विकको उपचारका क्रममा मंगलबार राति उपचारका क्रममा बिर्तासिटी हस्पिटल बिर्तामोडमा मृत्यु भएको थियो ।
झापाको बिर्तामोडबाट फिदिमतर्फ जाँदै गरेको मे १ ज १९४१ नं को ट्याक्सी अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । ओरालो बाटोमा ब्रेक नलागेर गाडी भीरतिर खसेको प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटनामा १४ जना घाइते भएका थिए ।
घाइते भएका ६ जनाको अवस्था गम्भिर भएकाले सुविधा सम्पन्न अस्पताल पठाइएको छ भने ८ जनाको पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि