जनै पूर्णिमा को अवसरमा वृक्ष रक्षा बन्धन कार्यक्रम दमकमा सम्पन्न

वृक्ष रक्षा बन्धन कार्यक्रमको शुरूवात भु-संरक्षणबिद आनन्द भण्डारीले १ वर्ष पहिले अगाडि गर्नु भएको थियो । यसपटक हामीले निरन्तरता दियौ आगामी दिनहरूमा पनि निरन्तर गर्दै जानुपर्नेमा जोड दिनु भएको ।

Aug 31, 2023 - 07:03
Sep 3, 2023 - 00:44
 1  85
जनै पूर्णिमा को अवसरमा वृक्ष रक्षा बन्धन कार्यक्रम दमकमा सम्पन्न

भदौ १४ झापा , काव्य घर / रक्षा बन्धनको अवसरमा काव्य घर नेपालले दमक चोक झापामा वृक्ष : रक्षा बन्धन कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न गर्‍यो ।

 विभिन्न क्षेत्रका कृयाशिल ब्यक्तित्वहरुको उपस्थितिमा भएको कार्यक्रममा प्रमुख अतिथि लिला खनाल रहनु भएको थियो । कार्यक्रममा दमक चोकमा रहेका बोटहरुमा रक्षा बन्धनको डोहोरो सामुहिक रूपमा रेखी  बाधेर वृक्ष र मानव जातिको सम्बन्ध बारेमा नयाँ सन्देश प्रवाह गर्न खोजिएको थियो ।

 प्रमुख अतिथि लिला खनालले बोटबिरुवा र बनस्पतिका कारण हामीले जीवन पाइरहेका छौ ।यसकिसिमको कार्यक्रमले नयाँ सन्देश दिएको र यसलाई सबैतिर सुरु गर्नुपर्नेमा जोड दिनु भएको थियो । आमन्त्रित प्रमिला खनालले वृक्ष र मानव बर्गको सम्बन्ध बारेमा प्रकाश पार्नु भएको थियो ।यो सदियौ देखि चलिआएको सम्बन्धलाई अब बुझेर अगाडि बढ्नुपर्नेमा उहाले जोड दिनु भएको थियो ।

 त्यस्तै सुर्य गौतमले भु-संरक्षण र मानव संरक्षण आजको आवश्यकता रहेको भन्दै रुख जोगाउ जीवन बचाउ भन्दै आफ्नो धारण राख्नु भएको थियो । कार्यक्रममा समाजलाई रूपान्तर गर्नका लागि आजको दिन अर्थात रक्षा बन्धनको महत्त्व जतिकै वृक्ष रक्षा बन्धनको आवश्यकता रहेको चेतना निरौलाले बताउनु भएको थियो ।

टंक पाठक र रेवती घिमिरेले बाताबरण पर्यावरण सम्बन्धि कविता प्रस्तुत गर्दै समाजको सुन्दरताका लागि बृक्षको महत्त्व बारे कवितात्मक शैलीमा प्रस्तुत गर्नु भएको थियो ।

 बृक्षलाई रक्षा बन्धन गरिदा कवि रेवती घिमिरेले स्तुति बाचन / प्रस्तुत गर्नु भएको थियो ।कार्यक्रममा उमा पौडेल तिम्सिना र गिता सुबेदीद्वारा  आमन्त्रित अतिथिहरुलाई खादा माला लगाएर सम्मान गर्नु भएको थियो ।

 काव्य घर नेपालका अध्यक्ष राजकुमार खड्गाको संयोजकत्व तथा संचालनमा भएको कार्यक्रममा उपस्थिति सम्पुर्णलाई रक्षा बन्धनको अवसरमा शुभकामना तथा बधाई धन्यवाद दिदै यसरी वृक्ष रक्षा बन्धन कार्यक्रमको शुरूवात भु-संरक्षणबिद आनन्द भण्डारीले एक साल अगाडि गर्नु भएको थियो ।यसपटक हामीले निरंतरता दियौ आगामी दिनहरूमा पनि निरन्तर गर्दै जानुपर्नेमा अध्यक्ष खड्गाले जोड दिनु भएको थियो ।

अध्यक्ष खड्गाले सरकारी निकायले यसकिसिमको कार्यक्रम नै नगरी बिल भर्पाई मिलाएर दोहन गरिरहेका छन । यस किसिमको कार्यक्रमको आयोजना सरकारी स्तरबाट नै गरिनु पर्थ्यो  स्थानीय सरकार तास खेलिरहेका छन र कर्मचारीहरु क्वाटर मै तरुनिसँग मस्त हुन्छन भन्दै दुखेसो समेत व्यक्त गर्दै गाइजात्राको अवसरमा कटाक्ष गर्नु भयो ।

कार्यक्रममा शर्मिला गौतम ,गीता सुवेदी ,उमा पौडेल ,लालबहादुर बलमपाखी मगर,अग्नि गजुरेल ,मुना सिग्देल लगायतले रक्षा बन्धनको अवसरमा शुभकामना आदानप्रदान गर्दै कार्यक्रमको प्रशंसा गर्नु भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि