विश्व संस्कृत दिवस सम्पन्न 

Aug 31, 2023 - 12:41
 0  19
विश्व संस्कृत दिवस सम्पन्न 


 भाद्र १४,काठमाडौँ, काव्य घर । पद्मकन्या बहुमुखी क्याम्पसको संस्कृत,पत्रकारिता र हिन्दी विभागको आयोजनामा विश्व संस्कृत दिवस सम्पन्न भएको थियो  । विश्व ज्योतिष महासंघका अध्यक्ष डा.लोकराज पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो डा.सुबोध शुक्लाले स्वागत रहेको उक्त कार्यक्रममा  संस्कृत ,पत्रकारिता र हिन्दी विभागका पूर्व विभागीय प्रमुख उपप्रा.ज्ञाननिष्ठ ज्ञवाली,डा.काशीनाथ न्यौपाने,डा.सनतकुमार वस्ती,जापानबाट संस्कृत अध्ययन गर्न आउनुभएकी छात्रा युसेको मोतेकी लगायतले मन्तव्य राख्नुभएको थियो । वक्ताहरूले संस्कृत भाषाको महत्त्व र मूलतः संस्कृत साहित्यको बारेमा समेत चर्चा गर्नुभएको थियो । प्रा. धनप्रसाद पण्डितको सभापतित्वमा सम्पन्न कार्यक्रमा संस्कृत साहित्यका महाकवि कालिदासको उपमा कौशल र संस्कृत काव्यशास्त्रीय परम्पराको समेत व्याख्या गरिएको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि