पत्रकार तथा साहित्यकार बी.के. पाल्पालीको ४९औं जन्मजयन्ती तथा स्मृति दिवस सम्पन्न

काव्य घर नेपालको साहित्य बिभाग पेरोल काव्य घरको आयोजनामा कुशल पत्रकार तथा प्रशिद्ध साहित्यकार एवं सम्पादक बी.के. पाल्पालीको ४९औं जन्मजयन्ती तथा स्मृति दिवस अनामनगर स्थित सामाजिक बिकाश समाजको सभाहलमा बिशेष कार्यक्रमको आयोजना गरि सम्पन्न गरियो ।

Oct 3, 2023 - 22:06
Oct 5, 2023 - 12:42
 0  44
पत्रकार तथा साहित्यकार बी.के. पाल्पालीको ४९औं जन्मजयन्ती तथा स्मृति दिवस सम्पन्न

असोज  १६, काठमाण्डौ , काव्यघर /काव्य घर नेपालको साहित्य बिभाग पेरोल काव्य घरको आयोजनामा कुशल पत्रकार तथा प्रशिद्ध साहित्यकार एवं सम्पादक बी.के. पाल्पालीको ४९औं जन्मजयन्ती तथा स्मृति दिवस अनामनगर स्थित सामाजिक बिकाश समाजको सभाहलमा बिशेष कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ ।

 नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान सदस्य सचिव जगत् उपाध्याय ‘प्रेक्षित’को प्रमुख आतिथ्यता तथा बरिष्ठ पत्रकार गोपाल थपलियाको सभापतित्वमा एवं नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य बिभाग प्रमुख निवर्तमान प्राज्ञ प्रा.डा. हेमनाथ पौडेल तथा समालोचक प्रा.डा.सावित्री मल्ल कक्षपति, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली,फित्कौली डट.कम.का प्रमुख नरनाथ लुईंटेल नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य चेतनाथ धमला नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव गोविन्द चौलागाईँ र सदस्य शान्तराम बिडारी लगायतको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।

 

राष्ट्रीय गान तथा स्वर्गीय पत्रकार एवं साहित्यकार बी.के.पाल्पालीको फोटोमा माल्यार्पण गरेर शुरुआत गरिएको कार्यक्रममा साहित्यकार अन्जना पौडेलले स्वागत मन्तव्यका क्रममा पाल्पालीका कृतित्व र व्यक्तित्वको बारेमा जति वर्णन गरे पनि कमी हुन्छ भन्दै साहित्यकारको साहित्यिक कर्मलाई जीवन्त राख्न यस्ता कार्यक्रमको आयोजना गरिनु फलदायी हुने बिचार ब्यक्त गरेकी थिइन ।

 यसैक्रममा नोबेल साकोसका संस्थापक तथा साहित्यकार राजन प्रसाद न्यौपानेले बी.के. पाल्पाली आफ्ना कृतिमार्फत सदैव जीवित छन् भन्दै पाल्पालीको जीवनी बारे प्रष्ट पारेका थिए । मन्तव्यका क्रममा प्राज्ञ सदस्य  चेतनाथ धमलाले पाल्पालीसंगको सहयात्रा लगायत साहित्यिक गतिविधिमा बिषेश बिवेचनाका क्रमलाई स्मरण गर्दै हाइकु लेखनका बिषयमा विवेचना गरेका थिए । यसैक्रममा नेपाल पत्रकार महासंघका नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव गोविन्द चौलागाईँ ,सदस्य शान्तिराम बिडारीले पाल्पालीको कृतित्व र व्यक्तित्व माथि प्रकाश पार्दै नेपाल पत्रकार महासंघका तर्फबाट पाल्पाली बचाउ अभियानमा खेलेको भूमिका स्मरण गरेका थिए ।

 महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेले सिंगो युगको आवाज बुलंद गर्ने सामर्थ्य राख्ने पाल्पाली बहुमुखी प्रतिभाका धनि रहेको बताउंदै आफूले अनुसन्धान गरेका चारसय भन्दा बढि महाकाव्यहरुका तुलनामा उनका कृति उत्कृष्ट सय भित्ररहेको बताएका छन् । हाइकु साहित्यका बारेमा दिब्य गिरीद्धारा विर्मश गर्दै पाल्पालीको योगदानको चर्चा गरिएको थियो । पाल्पालीको हाइकु लेखन इतिहासमा ठूलो योगदान रहेको र हाइकु साहित्य र सैद्धान्तिक अवधारण सिद्धान्त कृतिले हाइकु लेखनलाई ठूलो टेवा पु¥याउँने बताउँनु भयो । उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान सदस्य सचिव जगत् उपाध्याय ‘प्रेक्षित’ ले मानिस उमेरले होइन कर्म र बिचारले स्तुत्य हुन्छन् भन्दै थोरै समयमा नेपाली साहित्यिक फाँटमा गहन योगदान दिएका पाल्पाली आफ्नो जीवनको उच्चतम सदुपयोग गर्दै जीवन्त रुपमा उर्जामय र सिर्जनात्मक रुपमा नेपाली साहित्य पारखीमाझ बाँचेका कुरा बताएका छन् ।

 

 कार्यक्रम आयोजक सस्थाको अध्यक्ष राजकुमार खड्गाको अनुपस्थितिमा समानार्थ बरिष्ठ पत्रकार गोपाल थपलियालाई सम्मानार्थ कार्यक्रमको सभापति रहनु भएको थियो ।सभापतिको आसनबाट थपलियाले बोल्दै भन्नू भयो -सृजनात्मकता सिद्धांतमा नभइ अभिव्यक्ति स्वतंत्रताको आवाज हुनुपर्ने कुरामा जोड दिंदै आफूले जतिवेला सत्य लेख्नु पर्ने कुराका लागि संघर्ष गरियो तत्कालीन सत्ताले जेलनेल राखेर यातना दिएको स्मरण गर्दै अहिले सत्य लेख्न पाउने बेलामा समेत खुराफातीहरुको जमातले सत्य छोपिदिएकामा रोष प्रकट गर्दै पत्रकार तथा साहित्यकार बी.के पाल्पाली सत्कर्ममार्गीहरुका बीच अमर रहेको बताएका छन् ।

 कार्यक्रममा  प्रा.डा हेमनाथ पौडेलले पाल्पालीको स्मृति गर्दै पाल्पाली निवास पुग्दा हाइकु साहित्यको कृति दिएको बताउँदै उहाँले नेपाली भाषा साहित्यको क्षेत्रमा पु¥याउनु भएको योगदान अतुलनीय रहेको  उल्लेख गर्नु भयो । संस्कृतिबिज्ञ डा. शशी थापा पंडितद्वारा पाल्पालीको कृतिबाट पेस्तोल भित्रको बारुद कविता बाचन गरिनुका साथै लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार विजयध्वज थापाद्वारा मुक्तक बाचन गरिएको थियो । साथै साहित्यकार ललिता दोषीद्वारा पाल्पालीका हाईकु बाचन गरिनुका साथै राधिका कल्पितद्वारा कविता बाचन गरि बी.के. पाल्पालीको स्मरण गरिएको थियो । साथै कार्यक्रममा सरस्वती गौतम ,गोबिन्द प्रसाद चौलागाईं , दिब्य गिरी,भुपराज खडका ,वैरागी जेठा ,लक्ष्मी उप्रेती, राधिका कल्पित,राज श्रेष्ठ सागर ,उषा के.सी.,संगिता सारथी,राम प्रसाद पन्त,ललिता दोषी,भुवन शिवाकोटी लगायत चार दर्जन समाजका लव्धप्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

 

उक्त कार्यक्रममा साहित्यकार तथा पत्रकार एवं पेरोल काव्य घर नेपालको  साहित्य बिभाग प्रमुख तथा काव्य घर नेपालकी महासचिव  रेणुका भट्टराईद्वारा भावुकरुपमा कार्यक्रममा सहजकर्ताको भूमिका निभाउनुका साथै बी के पाल्पाली स्मृति पत्रकारिता तथा साहित्य सम्मान र पुरस्कारको स्थापना गरिएको र उपर्युक्त व्यक्तित्वलाई संस्थाको वार्षिक कार्यक्रममा प्रदान गरिने जानकारी गराउनु भएको  थियो । उक्त कार्यक्रमको समीक्षा प्रा.डा.सावित्री कक्षपतिले गर्नु भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि