प्रेस काउन्सिलद्वारा अनाधिकृत मिडियालाई कार्वाहीका लागि प्रहरीमा सिफारिस

दर्ता÷सूचीकरण नभई अबैध रहेका ती मिडियाहरुद्वारा अफवाहपुर्ण सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युव च्यानल / मिडियालाई आवश्यक कारबाहीको लागि सिफारिश गरेको छ ।

Dec 4, 2023 - 03:30
Dec 4, 2023 - 03:32
 0  27
प्रेस काउन्सिलद्वारा अनाधिकृत मिडियालाई कार्वाहीका लागि प्रहरीमा सिफारिस
फायल तस्वीर

मंसिर १८ काठमाडौ ,काव्य घर /प्रेस काउन्सिल नेपालले दर्ता÷सूचीकरण नभई अबैध रहेका ती मिडियाहरुद्वारा अफवाहपुर्ण सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युव च्यानल / मिडियालाई आवश्यक कारबाहीको लागि सिफारिश गरेको छ ।

 निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिइ जनमानसमा भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री सम्प्रेषण भइ पत्रकारीताको आचारसंहिता उल्लङ्घन भएको भन्दै प्रेस काउन्सिलले कार्वाहीका लागि प्रक्रिया अघि बढाइएको काव्य घरलाई जानकारी दिएको छ ।

मिडियाअन्तर्गत आबद्ध नभएका सामाजिक सञ्जाल ,युट्युब च्यानलबाट सम्प्रेषित सामग्रीको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरिएको काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मिडिया अन्तर्गत सञ्चालनमा रहेकाको हकमा पत्रकार आचारसंहिताको व्यवस्था बमोजिम नै कारबाही प्रक्रिया अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।

 

असअघि सञ्चार माध्यमको आवरणमा सर्वसाधारणलाई त्रसित र आतङ्कित गर्ने सामग्री सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिलले मंसिर ८ गते युट्युबसहितका १७ वटा मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो

 

 तर कार्वाहीमा सिफारिसमा परेका मिडियाहरुले सरकारका गलत गतिविधि बिरोधि सन्देश प्रवाह गर्दा प्रेस काउन्सिलले हामीलाई कार्वाही गर्न खोजेको बताएका छन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि