कवि बिन्दु दहाल मूकदर्शकको "अन्तर्बोध" कविता सङ्ग्रह विमोचन कार्यक्रम सम्पन्न

साहित्यकार बिन्दु दहाल मूकदर्शकको आफ्नो छैटौं कृति अन्तर्बोध कविता सङ्ग्रह विमोचन कार्यक्रम मेची सहकारीको सभाहल दमकमा भव्य समारोहबीच सम्पन्न भएको छ। बिन्दु दहाल मूकदर्शकका यस अघि मूल्याङ्कन कथा सङ्ग्रह २०६९, घाइते युग हाइकु सङ्ग्रह २०७२,आँखामा सपना छन्द कविता सङ्ग्रह २०७५, रङ्ग तरङ्ग शोक काव्य २०७७, महत्त्व सूक्तिमय काव्य २०७८ प्रकाशित भइसकेका छन् ।

Dec 2, 2023 - 15:23
Dec 8, 2023 - 07:45
 0  55
कवि बिन्दु दहाल मूकदर्शकको "अन्तर्बोध" कविता सङ्ग्रह विमोचन कार्यक्रम सम्पन्न
-राजकुमार खड्गा

मङ्सिर १६ झापा , काव्य घर /साहित्यकार बिन्दु दहाल मूकदर्शकको आफ्नो छैटौं कृति अन्तर्बोध कविता सङ्ग्रह विमोचन कार्यक्रम मेची सहकारीको सभाहल दमकमा भव्य समारोहबीच सम्पन्न भएको छ।

 टङ्क न्यौपानेको प्रमुख आतिथ्यतामा साहित्यहरु पुण्यप्रसाद खरेल ,चन्द्र भण्डारी ,राजेन्द्र सङ्ग्रौला, प्राज्ञ राम खरेल र सुमित्रा चेली,जीवनहरी शर्मा ,कृतिकार बिन्दु दहाल मूकदर्शक,तिला लेकाली,शिशिर भट्टराई इन्दिरा दहालले संयुक्त रुपमा कृतिको विमोचन गर्नु भयो ।

 विमोचित कृति माथी कवि शिशिर भट्टराई र भीम दहालले संयुक्त रुपमा कृतिको समिक्षात्मक टिप्पणी राख्नु भएको थियो । २४१ छन्दमा तयार गरिएको यस कृतिमा नेपाली पहिचान र ढुकढुकी बोकेको छ।यसमा अब हरेक जातजातिका संकार संस्कृत र अस्तित्व बारेमा छन्दले अङ्गाल्नु पर्नेमा जोड दिनु भएको छ ।छन्द प्रति उपेक्षा गर्नेहरु आजभोलि माया गर्न लागि परेकाछन् त्यसैले छन्द कविहरुको दिल पनि फराकिलो बनाउनेतर्फ कविहरु लाग्नु पर्‍यो ।पछिल्लो पुस्तालाई पनि समेट्न सके अझ राम्रो हुने तर्क समिक्षाका क्रममा राख्नु भयो।

 

कृति एउटा मौलिक र सङ्ग्रह गर्न लायक रहेकोे भन्दै नेपालकै मोटो कृतिहरु मध्ये एउटा रहेकोे र नेपाली छन्द बारेमा खोज अनुसन्धान गर्न लायक कृति रहेकोे समीक्षाका क्रममा समीक्षक द्व्यले व्यक्त गर्नु भयो ।

 साहित्यहरु चन्द्र भण्डारी , रामप्रसाद खरेल, पुन्यप्रसाद खरेल, सुमित्रा चेली, राजेन्द्र सङ्ग्रौलाले लेखकलाई बधाई शुभकामना दिँदै वर्तमान अवस्थामा छन्द कवि बिन्दु दहाल मूकदर्शकको नेपाली कविता क्षेत्रमा महत्त्वपूर्ण योगदान रहेको भन्दै यतिको कृति नेपाली साहित्यमा उच्च रहेको चर्चा समेत गर्दै लेखकको प्रशंसा समेत गर्नु भयो ।

 

कविहरु रीता पोख्रेल , तिला लेकाली , मिना अधिकारी , इन्दिरा दहाल , हरि पराजुली विरही अधिकारी , हरिनारायण भट्टराई,जिवनहरी शर्मा किशोर कोइराला लगायतले बिमोचित कृति भित्रबाट एक एक वटा कविता प्रस्तुत गर्दै सभालाई गुन्जायमान बनाउनु भएको थियो । कृतिकारकी श्रीमतीले लेखककोसँगको सामीप्यताका बारेमा आफुले भोगेका तितामिठा अनुभव समेत प्रस्तुत गर्दै कृतिलाई अध्यन गरेर सुझाव दिनुहुन अनुरोध समेत गर्नु भएको थियो ।

 कृतिकार बिन्दु दहाल मूकदर्शकले नेपाली भाषा साहित्यमा आएको विकृति विसङ्गतिबाट जोगिएर सिर्जना गर्न र सिर्जनाबाट समाजलाई दीक्षित बनाउन गाह्रो भएको र यसका लागि सम्पूर्ण लेखक साहित्यकारहरुले सोच्ने समय आएको बताउनु भयो ।

प्रमुख अतिथि टंक न्यौपानेले नेपाली साहित्यलाई राजनीतिले फोहोर बनायो ।यसलाई कवि लेखकले सफा गर्नुपर्ने बेला आएको छ ।साहित्यमा राजनीति हुदा प्राज्ञिक क्षेत्रमा समेत बेमेल स्थिति सिर्जना भएकोमा चिन्ता व्यक्त गर्नुभयो ।कृतिकारलाइ बधाई शुभकामना राख्दै प्रमुख अतिथि न्यौपानेले मुकदर्शकको क्षमतालाई प्रशंसा समेत गर्नु भयो

 

 इलाम झापा मोरङ सुनसरी लगायतका दर्जनौं कविहरुको उपस्थितिमा भएको कार्यक्रम आयोजक सस्था दमक साहित्यकला संगमका अध्यक्ष विष्णु न्यौपानेको सभापतित्वमा भएको थियो ।कार्यक्रममा स्वागत मन्तव्य झाक्री खोले र कार्यक्रमको सन्चालन सस्थाको महासचिव  दीपक भट्टराईले गर्नु भएको थियो ।

बिन्दु दहाल मूकदर्शकका यस अघि मूल्याङ्कन कथा सङ्ग्रह २०६९, घाइते युग हाइकु सङ्ग्रह २०७२,आँखामा सपना छन्द कविता सङ्ग्रह २०७५, रङ्ग तरङ्ग शोक काव्य २०७७, महत्त्व सूक्तिमय काव्य २०७८ प्रकाशित भइसकेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि