साहित्यिक भित्ते पात्रो – २०८० समावेश सिर्जना - गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’

May 17, 2023 - 12:38
 0  2

साहित्यिक भित्ते पात्रो – २०८० समावेश सिर्जना

गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’

मनमा वेदना बोकी सञ्चै छु कसरी भनौं
भोको पेट लिई हिंड्छु टन्नै छु कसरी भनौ ।
झूठो बोल्नु हुँदैहुन्न बोलेमा पाप लाग्दछ
भनिन्छ तर त्यो पाप गर्दैछु कसरी भनौं ।
गन्तव्य जिन्दगीको त्यो कहाँ छ चिन्न सक्दिन
भुलेको आज बाटो भो हिंड्दै छु कसरी भनौं ।
छोटा आयु छ यो मेरो के सिकौं के नयाँ पढौं
विद्यासमुन्द्रमा मोति टिप्दैछु कसरी भनौं ।
गासवासकपासैको युद्धमा जीवनी फस्यो
हारको पगरीलाई जित्दैछु कसरी भनौं ।
प्रतिस्पर्धा छ संसार खुट्टातानी जहाँ पनि
अरूकै लाग्छ यो गोडा टेक्दैछु कसरी भनौ ।
अन्धकार महाघोर मनमै छ टनाटन
दिनमै सूर्य अस्तेको देख्दैछु कसरी भनौं ।
दुःखसंसारमा फस्दै माकुरीजालमा बसी
सुखको कविता मैले लेख्दैछु कसरी भनौं ?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow