बरिष्ठ कलाकार, चराविज्ञ तथा साहित्यकार पौडेलको निधन

आउँदो राम नवमीको दिन आफ्नो चौरासी पुजा चित्रकला प्रदर्शनी र स्थलगत कविता लेखन प्रतियोगिता गर्ने तयारी गरिरहनुभएको थियो ।

Feb 1, 2024 - 19:38
 0  28
 बरिष्ठ कलाकार, चराविज्ञ तथा साहित्यकार पौडेलको निधन


माघ १८, काठमाडौं, काव्य घर । वरिष्ठ कलाकार (ललित कला) चराविज्ञ  साहित्यकार  हेम पौड्यालको माघ १७ गते साँझ असामयिक निधन भएको छ। उहाँको पार्थिव शरीर अन्तिम  श्रद्धाञ्जली अर्पण गर्न  माघ १८ गते बिहीबार विहान ९ बजेदेखि  ९.४५ सम्म  सहिद गङ्गालाल हस्पिटलको प्राङ्गणमामा राखिएको थियो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरु,कलाकारहरु,साहित्यकारहरु,परिवारजनहरुले माल्यार्पण र पुष्पार्पण गरी अन्तिम श्रद्धाञ्जली अर्पण गरे पश्चात वहाँले शरीर दान गर्नुभएकोले  पशुपति नलगी टिचिङ अस्पताल लगेर हस्तान्तरण गरिएको थियो ।पौडेलको शान्तिको आलोक कविता सङ्ग्रह ,नेपालका चराहरु,द बर्ड्स अफ गड,द हिमालयन बर्ड्स,मेमोरी कार्ड प्रकाशित छन् ।

अविरल कला यात्रामा उहाँको जीवनी छापिएको छ । धेरै ठाउँमा चित्रकला प्रदर्शनी गरिसक्नुभएको पौडेलले आउँदो राम नवमीको दिन आफ्नो चौरासी पुजा चित्रकला प्रदर्शनी र स्थलगत कविता लेखन प्रतियोगिता गर्ने तयारी गरिरहनुभएको थियो । राष्ट्रिय प्रतिभा पुरस्कार (कला  तर्फ) ,सिम्पल सम्मान लगायतका पुरस्कार सम्मान प्राप्त गर्नुभएको पौडेलले हेमगङ्गा अपाङ्ग कला पुरस्कार, हेमगङ्गा साहित्य कला पुरस्कार ,हेमगङ्गा कबा रचना पुरस्कार लगायतको स्थापना गर्नुभएको छ ।अल्जाइमरबाट पीडित पौडेल केही समयदेखि अस्वस्थ हुनुभर्इ गङ्गालालअस्पतालमा उपचार गराइ रहनु भएको थियो । पौडेलको श्रीमती वरिष्ठ साहित्यकार गङ्गा कर्माचार्य पौडेल ,एक छोरा र एक छोरी हुनुहुन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि