नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग र कालिञ्चोक दर्शन बीच व्यवसायिक सम्झौता 

मर्चेण्ट बैंकिङ्गका ग्राहकलाई केबुलबार चढ्दा १० प्रतिशतविशेष छुट

Feb 1, 2024 - 20:00
 0  11
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग र कालिञ्चोक दर्शन बीच व्यवसायिक सम्झौता 

माघ १८,काठमाडौं,काव्य घर । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र कालिञ्चोक दर्शन बीच व्यवसायिक सहकार्यगर्ने सहमतिपत्रमाआज हस्ताक्षर भएको छ ।

सहमति पत्रमा कालिञ्चोक दर्शन लिमिटेड का अध्यक्ष बालकृष्ण शिवाकोटीको उपस्थितिमा नेपालएसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र कालिञ्चोक दर्शन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले हस्ताक्षर गरेका थिए ।

उक्त सहमति पत्रमा उल्लेख भए बमोजिम नेपाल एसबिआई बैंकमा डिम्याट खाताखोली डिम्याट खाता सञ्चालन गर्दै आएका डिम्याट सेवा प्रयोगकर्ता ग्राहक महानुभावहरु र आगामी दिनमा नयाँ डिम्याट खाताखोल्ने नयाँ ग्राहक महानुभावहरुलाई कालिञ्चोक दर्शन लिमिटेडले सञ्चालन गरेको केबुलबार चढ्दा १० प्रतिशत (शर्त लागू) विशेष छुट प्रदान गर्ने सहमति भएको जनाइएको छ ।

समारोहमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गकाप्रबन्ध सञ्चालक तथा प्रमुखकार्यकारी अधिकृतले यो सहकार्यम ाजोडिन पाउँदा खुसी व्यक्त गर्नुको साथै कालिञ्चोक दर्शन लिमिटेडका प्रमुख कार्यकारी अधिकृतले आपसी सहकार्यबाट व्यवसायिक उचाइ हासिलहुने अपेक्षा राखेका छन् ।  समारोहमा दुईवटै संस्थाका वरिष्ठ कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि