मुक्तकहरु -रेणुका चौलागाईँ 

Jun 5, 2023 - 14:12
Jun 6, 2023 - 18:44
 0  19
मुक्तकहरु  -रेणुका चौलागाईँ 

एक

ढुङ्गा बोल्नुपर्छ अब माटो बोल्नुपर्छ 
सहिदहरुको रगतको टाटो बोल्नुपर्छ
धेरै बोले सुकिला र बाठाहरु देशमा,
यो देशको लागि अब लाटो बोल्नुपर्छ ।

दुई

समयमा नै आफै फुल आफैँ हामी माली बन्नु पर्‍यो 
कतै सुरक्षित भएनौ नारी अब आफैँ दर्गाकाली बन्नु पर्‍यो 
दिनानुदिन बढ्दै छन् झन्झन देशमा नारी हत्या र हिंसा
उठौँ अन्यायको विरुद्ध नारी अब शक्तिशाली बन्नु पर्‍यो ।

तिन 

सिउँदोमा सिन्दुर हुदैमा जीवन रंङ्गिन हुँदैन
पतिले छोड्दैमा नारीको जीवन अर्थहीन हुँदैन 
सधै अबला निरिह बनाई राख्न खोज्नेहरुको हो, 
समय र सोच बदलिई सक्यो सधै प्राचीन हुदैन ।

चार

हिजो अस्ति जस्तै आज जतन नहुनसक्छ
सबैको उस्तै  स्वच्छ निस्वार्थ मन नहुनसक्छ
निचोर्न थाल्छन् ,नदेखाउँनु घाउ अरू कसैलाई 
आफुलाई जस्तै अरूलाई जलन नहुनसक्छ ॥

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि