बेलबारी साहित्य बिकास समितिको आयोजनामा कृति लोकार्पण तथा बालकविता प्रतियोगिता सम्पन्न

साहित्यकार तिला लेकालीको कवितासङ्ग्रह ‘खुर्पे जून’, धनजित पराजुलीको कवितासङ्ग्रह ‘कोभिड नाइन्टिन’ र बेलारीका ४७ जनाको संयुक्त कवितासङ्ग्रह ‘निहारिका’को संयुक्त रूपमा लोकार्पण सगै नगद रु. २५ हजार राशि सहित साहित्यकार तथा पत्रकार केशु विरहीलाई ‘बेलबारी साहित्य पुरस्कार’ र नगद रु. १५ हजार राशि सहित ललितकलाकार गणेश लामा ‘आँसु’ लाई ‘बेलबारी कला पुरस्कार’ समेत प्रदान गरियो । कार्यक्रममा तिला लेकालीले सस्थाको अक्ष्यकोषको लागि पचास हजार जम्मा गर्ने घोषणा गर्नु भयो।

Feb 10, 2024 - 21:13
Feb 10, 2024 - 23:29
 0  35
बेलबारी साहित्य बिकास समितिको आयोजनामा कृति लोकार्पण तथा बालकविता प्रतियोगिता  सम्पन्न

माघ २७ मोरङ ,काव्य घर/बेलबारी साहित्य बिकास समितिको आयोजनामा कृति लोकार्पण तथा बालकविता प्रतियोगिता बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको छ । 

साहित्यकार तिला लेकालीको कवितासङ्ग्रह ‘खुर्पे जून’, धनजित पराजुलीको कवितासङ्ग्रह ‘कोभिड नाइन्टिन’ र बेलारीका ४७ जनाको संयुक्त कवितासङ्ग्रह ‘निहारिका’को संयुक्त रूपमा लोकार्पण भएको छ ।

वरिष्ठ साहित्यकार तथा पुर्व सांसद हर्कमान तामाङ र अन्य बिशिस्ट अतिथिहरुद्वारा २०८० माघ २७ गते शनिबार आयोजित एक कार्यक्रममाझ उक्त तीनओटै कृतिको संयुक्त रुपमा लोकार्पण गरिएको हो । तिला लेकालीको कवितासङ्ग्रह ‘खुर्पे जून’ मा उहाँका छोटा किसिमका ६९ ओटा कविता ,धनजित पराजुलीको कवितासङ्ग्रह ‘कोभिड नाइन्टिन’ मा उहाँका ५१ ओटा कविता र संयुक्त कवितासङ्ग्रह ‘निहारिका’ मा बेलबारीका ४७ जना कविको एक एकओटा कविता,सङ्गृहित गरिएका छन् ।

लेकालीको कवितासङ्ग्रह ‘खुर्पे जून’ को टिप्पणी प्रा.डा. रमेश घिमिरेले,धनजित पराजुलीको कवितासङ्ग्रह ‘कोभिड नाइन्टिन’ को टिप्पणी उमानाथ भट्टराईले तथा संयुक्त कवितासङ्ग्रह ‘निहारिका’ को टिप्पणी ईरान राईले गर्नुभएको थियो ।

यसैगरी बेलबारी साहित्य विकास समिति बेलबारी मोरङको छैटौँ साधारण सभाको अवसरमा नगद रु. २५ हजार राशि सहित साहित्यकार तथा पत्रकार केशु विरहीलाई ‘बेलबारी साहित्य पुरस्कार’ र नगद रु. १५ हजार राशि सहित ललितकलाकार गणेश लामा ‘आँसु’ लाई ‘बेलबारी कला पुरस्कार’ समेत प्रदान गरिएको थियो ।

‘बेलबारी साहित्य पुरस्कार’ हर्कमान तामाङ, रमेशकुमार तामाङ र ईरानराईलाई प्रदान गरिसकिएको थियो भने ‘बेलबारी कला पुरस्कार’ श्याम गौतम, शिव छाङ्छा राई र मेखराज कार्कीलाई यस अघि नै प्रदान गरिसकिएको छ ।

स्कुलमा अध्ययनरत बालबालिकाहरुलाई भाषा–साहित्यतर्फ प्रोत्साहित गर्ने उदेश्य सहित आयोजना गरिएको ‘बालकविता तारा’ वीरेन्द्र मावि, बेलबारी–६ की छात्रा भावना तामाङलाई रु. ५ हजार,प्रमाणपत्र र अवार्ड सहित पुरस्कृत गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट दोस्रो ,तेस्रो र चौथो बालकविहरूलाई प्रमाणपत्र सहित क्रमश: रु. ४ हजारसहित दोस्रो कसेनी मावि, बेलबारी–४ का छात्र सोलोमन राई, रु. ३ हजारसहित तेस्रो मोरङ चिनारी, बेलबारी–२ की छात्रा जेनिसा कार्की र रु. १ हजारसहित चौथो जनता मावि बेलबारी–१ की छात्रा मनिका बराललाई पुरस्कृत गरिएको थियो ।

उक्त प्रतियोगिताको अन्तिम निर्णायकमा सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचाका पूर्व क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई,कवि बादलदेवी चाम्लिङ तथा कवि छवि वैरागी घिमिरे हुनुहुन्थ्यो ।

यसै अवसरमा सस्थाको सर्वसहमत नयाँ  कार्यसमिति समेत चयन गरेको छ । अध्यक्षमा रमेश निरौला, उपाध्यक्षद्वयमा लक्ष्मी रेग्मी सुवेदी र गोविन्दराज चोङवाङ, सचिवमा उमा सिजापती, सहसचिवमा विमला सुवेदी तिम्सिना, कोषाध्यक्षमा शिव पराजुली सहयात्री र सहकोषाध्यक्षमा राजु परियार निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका अध्यक्ष ईरानराईले घोषणा गर्नुभयो ।

 त्यसैगरी सदस्यहरूमा विष्णु भण्डारी, रिपुमर्दन खड्का, सन्देश तामाङ, राजकुमार राई, मुना मिश्रा, लीला सुवेदी, कृतिका खतिवडा र तारा चम्लागाईँ हुनुभएको छ । लेखा संयोजक तीर्थराज सिग्देल र सदस्यहरूमा शिव छाङ्छा राई तथा शारदा दाहाल चयन हुनुभएको छ ।

 कार्यक्रममा साहित्यकारहरू मधु गुरुङ, भूपेन्द्र कोइराला, राजकुमार खड्गा,गणेशप्रसाद दाहाल, जेबी थुलुङ, परशुराम सुवेदी, शङ्कर गुरुङ, सञ्जीव धिमाल, सुन्दर भट्ट, प्रेम गुरुङको आतिथ्य रहेको थियो ।

 लक्ष्मी रेग्मीले स्वागत मन्तव्य गर्नु भएको कार्यक्रम अध्यक्ष तिला लेकालीको अध्यक्षता तथा सचिव धनजित पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियो ।

स्मरण रहोस् -कार्यक्रममा तिला लेकालीले सस्थाको अक्ष्यकोषको लागि पचास हजार जम्मा गर्ने घोषणा गर्नु भयो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि