समाजवादी प्रेस संगठनले भन्यो-विज्ञापन बोर्ड खारेज गरियोस्

May 17, 2023 - 12:32
 0  2

बैशाख २९,काव्यघर .कपिलबस्तु


.कपिलबस्तुमा दीपक अनुरागीलाई अध्यक्ष निर्वाचित गर्दै समाजवादी प्रेस संगठन नेपालको प्रथम जिल्ला अधिवेशन सम्पन्न भयो । समाजवादी प्रेस संगठनले भन्यो-विज्ञापन बोर्ड खारेज गरियोस् ,समाजवादी प्रेस संगठन नेपालका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीले सरकारले विज्ञापन बोर्ड नामको सेतो हात्ती पाल्न जरुरी नभएको भन्दै खारेजीको माग गरेका छन् ।
संगठनको प्रथम कपिलबस्तु जिल्ला अधिवेशनको उदघाटन गर्दै सुवेदीले उक्त कुरा बताएका हुन् । सरकारी विज्ञापनलाई एकद्वार प्रणालीअनुसार वितरण गर्न गठित उक्त बोर्डले विज्ञापन एजेन्सीहरुसँगको मिलेमतोमा सरकारी विज्ञापन तिनलाई दिएर कमिसन खाने अखडाका भएका कारण बोर्ड खारेज गर्नुपर्ने माग गरेका हुन् ।

साना तथा स्वरोजगार मिडिया संरक्षित हुँदैनन्, संकटग्रस्त छापामाध्यमले राहत पाउँदैनन् भने विज्ञापन चाहिदैन, खारेज गरियोस्ु, सुवेदीले भने ।
उक्त अधिवेशनले दीपक आचार्य ९अनुरागी० को अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्ष मनोज थापा, सचिव दीपा महत, सहसचिव नन्दकिशोर यादव, कोषाध्यक्ष रिता खनाल रहेका छन् ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मीन परियार, जिल्ला पार्टी अध्यक्ष लङ्क हमाल, संगठनका लुम्बिनी प्रदेश अध्यक्ष हृदय भुसाल मन्तव्य व्यक्त गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow