प्रदेशको नाम नै फेर्नु परे पनि एमालेको साथ र समर्थन बिना त्यो सम्भव नहुने –मन्त्री राजभण्डारी

Jun 10, 2023 - 18:39
 0  41
प्रदेशको नाम नै फेर्नु परे पनि एमालेको साथ र समर्थन बिना त्यो सम्भव नहुने –मन्त्री राजभण्डारी

जेष्ठ २७, काव्य घर ,विराटनगर । कोसी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले -पत्रकार मञ्च कोशी प्रदेशले पत्रकार महिलाका लागि विराटनगरमा आयोजना गरेको संसदीय रिपोर्टिङ सम्बन्धी तालिम समापनमा – हामीले समिति बनाएर पहिचानवादीलाई वार्तामा बोलायौँ तर उहाँले त्यसलाई बेवास्ता गर्दै उल्टै सांसददेखि नेताहरूलाई आक्रमण गर्ने कार्य गर्नुभयो । सरकार वार्ताद्वारा समस्या समाधान गर्न गम्भीर भएर समिति बनाएको हो ।

पहिचानवादीसँग वार्ता गर्न प्रदेश सरकारले आह्वान गर्दै समिति बनाए पनि पहिचानवादीले बेवास्ता गरेको भन्दै प्रदेशको नाम नै फेर्नु परे पनि एमालेको साथ र समर्थन बिना त्यो सम्भव नहुने उनले बताए । 

नामकरणका बेला सबै दलले समर्थन जनाई कोशी प्रदेशमा मतदान गरेको त्यसपछि पनि कोशी कार्यान्वयनमा लैजान त्यही बहुमतबाट सदनमा पारित भएको भन्दै कतिपय दलले दोहोरो चरित्रसमेत देखाएको आरोप लगाए । ‘कोशी कार्यान्वयनमा लैजाने बेलासमेत संसद्मा कसैले हुँदैन भन्नु भएन । अहिले कोशी लेखेको ‘साइनबोर्ड’ मेट्ने र आक्रमण गर्ने काम भएको छ । आफूहरू संविधानले दिएको अधिकारलाई प्रयोग गरेर अघि बढ्ने ३० दिनभित्र विश्वासको मत लिने बताए  ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि