साहित्य तिथि मिति विनाको इतिहास हो- डा भट्ट

May 17, 2023 - 12:33
 0  2


बैशाख२९,काठमाडौं/ काव्य घर
पोखरेलको कथा संग्रह नरेम्पा काकाको विमोचन
काठमाडौं ।
साहित्यकार राममणि पोखरेलको कथा संग्रह विमोचन भएको छ । शुक्रबार एक कार्यक्रमका बिच साहित्यकार पोखरेलको कथा संग्रह नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा मोर्चा फाँटका उपप्रमुख भविसोर पराजुलीले विमोचन गर्नु भएको हो । नरेप्पा काकाको विमोचन भएको हो ।  कथा सङ्ग्रहको विमोचन गर्दै नेता पराजुलीले भन्नुभयो कथाकार पोखरेल पूवी नेपालको साहित्य राजनीति र समाजको संगम भएको भन्दै उहाँका सृजनामा ति भेगका आर्थिक सामाजिक सांस्कृतिक विभेदहरुलाई उजागर गरेको बताउनु भयो ।
कार्यक्रममा भाषा आयोगका सदस्य डा पुष्करराज भट्टले पुस्तकको चर्चा गर्दै साहित्य तिथि मिति विनाको इतिहास भएको बताउनु भयो  ।  डा. भट्टले त्यति बेलाको साहित्य पढ्यो भने तत्कालीन अवस्थाको समाजको इतिहास थाहा हुने बताउनु भयो ।
 उहाँले राममणि पोखरेलका कथाहरूमा पूर्वी नेपालको समाजको आर्थिक सामाजिक र सांस्कृतिक पाटोहरु झल्कने भन्दै नेपाली प्रगतिवादी  साहित्यमा उहाँको कृतिले थप इँटा थपेको बताउनु भयो ।
समाजमा विद्यमान आर्थिक सामाजिक सांस्कृतिक शोषणका विरुद्ध साहित्य सृजना मार्फत पोखरेलले विद्रोह गरेको भन्दै डा. भट्टले पोखरेल समाज राजनीति र साहित्यको त्रीवेणी भएको बताउनु भयो ।
राष्ट्रिय जन सांस्कृतिक महासंघ समाजवादीको पाँचौं पूर्ण बैठकको सन्दर्भ पारेर कथा संग्रहरको विमोचन गरिएको थियो ।
पूर्वी नेपालको उदयपुरमा कर्मथलो बनाएर राजनीति साहित्य र समाजसेवामा समर्पित पोखरेलका यस अघि १८ वटा संग्रह सार्वजनिक भइसकेका छन् ।
गत हप्ता मात्र उहाँको वयलगाडे कान्छो कथा संग्रह नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विमोचन गर्नु भएको थियो ।।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow