उत्तर पुस्तिका हराउँदा विद्यार्थीको भविष्य अन्धकारमा
दमक झापाकी कक्षा १२ कि छात्रा सुरक्षा खड्काको अनिवार्य नेपाली बिषयको उतरपुस्तीका हराएको बिषयमा काव्य घरको पहलमा उतर पुस्तिका फेला परि नतिजा आएको छ।
भाद्र ३१, झापा,काव्य घर / परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरले यस वर्ष कक्षा १२ को रिजल्टको नतिजा प्रकाशित गरेको थियो । उर्तिण हुने विद्यार्थीहरु उच्च शिक्षाका लागि कलेज खोजिरहेका थिए । कतिपय विद्यार्थीहरु अनुतिर्ण पनि भए । तर अनुतिर्ण हुने विद्यार्थीलाई मौका परिक्षा दिने व्यवस्था पनि गरेको छ । यसै शिलशिलामा कक्षा १२को परिक्षा दिएर बसेकी झापा जिल्लाको श्री हिमालय माध्यामिक विद्यालय, दमक झापाकी सुरक्षा खड्काको भने तोकिएको मितिमा रिजल्ट आएन ।
त्यसपछि सम्वन्धित निकायमा पटक – पटक धाउदा पनि केही नभए पछि उनी निराश हुदै काव्य घर नेपालको कार्यालयमा सहयोगका लागि आइन् र सहयोगको लागि पहल गरिदिन अनुरोध गरे पछि हामीले त्यस विषयमा गम्भिर भई काव्य घर नेपालले खोजिनिति गर्दा पत्ता लाग्यो कि उनको उत्तर पुस्तिका पनिकाले हराएको रहेछ ।
यदि हामीसम्म उनी नआएकी भए सायद् उनको उच्च शिक्षा अध्यन गर्ने सपना तुहिने अवस्था थियो । जब मिडिया नै पीडितलाई न्याय दिन लागिपरेपछि मात्र त्यस छात्राको परिक्षाफल प्रकाशित गर्ने तयारीमा पुगेको छ परिक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुर । यस विषयमा खोजी गर्दा परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका प्रमुख कृष्ण घिमिरे समक्ष यस बिषयमा बारम्बार पहल गर्दा सुरक्षाको नेपाली विषयको परीक्षा उत्तर पुस्तिका खोजि गरि रिजल्ट हुनेभएको जानकारी काव्यघरलाई घिमिरेले जानकारी गराएका छन ।
सुरक्षालाई आउदो सोमबार अर्थात असोज १ गते पनिकाको कार्यालय बिराटनगरमा सम्पर्क राख्न पनि भनिएको छ ।यसरी पनिकाका कार्य शैलीले आम नागरिकको विश्वास माथि पनि प्रश्न खडा गरको छ । यति मात्र हैन बेला बेलामा विवादमा पर्ने पनिकाको कार्य शैली सुधार गरि यसरी अनाहकमा तनावमा विद्यार्थीलाई पार्ने कार्य नगरोस् मिडियाको आग्रह हो । पनिकाका कर्मचारीहरुको कार्यशैलीले कतै सुरक्षा जस्तै दुरदराजका विद्यार्थीहरु अरु पनि पीडामा परेका त छैनन् ? सोचनीय विषय हो ।
सुरक्षाले यस सम्बन्धमा सम्बन्धित केन्द्राध्यक्ष समक्ष समस्या राख्दा पनि केन्द्राध्यक्षबाट समेत अभद्र ब्यवहार सहनु परेको गुनासो काव्य घर समक्ष गरेकी छन ।
What's Your Reaction?