एस इ इ को नतिजा पुरानै व्यवस्था अनुसार सार्वजनिक गर्ने तयारी

Jul 4, 2023 - 09:41
Jul 26, 2023 - 14:38
 0  58
एस इ इ को नतिजा पुरानै व्यवस्था अनुसार सार्वजनिक गर्ने तयारी

असार १९ काठमाण्डाै, काव्य घर/राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा लेटर ग्रेडिङ निर्देशिका–२०७२ अनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको छ ।

 यसअघिकै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय हिजो साेमवार बसेको बोर्डकाे बैठकले गरेको अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनुभयो ।

नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई 'नन ग्रेडेड' मा राख्ने व्यवस्था छ ।

 गएकाे चैत १७ गतेदेखि सञ्चालित परीक्षामा चार लाख ८५ हजार तीन सय ९६ जना विद्यार्थी सहभागी थिए । एसईईकाे नतिजा सार्वजनिक गर्ने अन्तिम निर्णयका लागि भाेलि बुधवार बोर्ड बैठक डाकिएको छ ।

 सकेसम्म बिहीवार र प्राविधिक कारण पर्न नगएमा शुक्रवार सम्ममा नतिजा सार्वजनिक गर्ने तयारी रहेको शर्माले काव्य घर सग बताउनुभयो । विद्यार्थीले प्राप्त गरेको नतिजा रुजु र इन्ट्री गर्ने अन्तिम काम भइरहेको बोर्डले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि