कलाकार दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको संयुक्त लगानीमा मल्टिप्लेक्स चलचित्र हल उद्घाटन

अभिनेता दीपकराज गिरी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला एवं कलाकार निर्मल शर्मा लगायतको संयुक्त लगानीमा मल्टिप्लेक्स चलचित्र हल सञ्चालनमा आएको छ

Sep 17, 2023 - 05:04
 0  19
कलाकार  दीपकराज गिरी, दीपाश्री निरौला र  निर्मल शर्माको संयुक्त लगानीमा मल्टिप्लेक्स चलचित्र हल  उद्घाटन

भाद्र ३१,काठमाडौं,काव्य घर । नेपाली चलचित्र निर्माणका क्षेत्रमा एकसेएक सुपरहिट चलचित्र निर्माण गरि दर्शकमाझ लोकप्रिय बनेका अभिनेता दीपकराज गिरी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला एवं कलाकार निर्मल शर्मा लगायतको संयुक्त लगानीमा मल्टिप्लेक्स चलचित्र हल सञ्चालनमा आएको छ । दीपक-दीपाद्वारा निर्माण गरिएको पछिल्लो चलचित्र ‘छक्कापन्जा ४’ प्रदर्शन गरि शुक्रवार काठमाडौँको नयाँ बानेश्वर चोक स्थित एनबी सेन्टरमा आईएनआई फ्रेन्चाइज अन्तर्गत सिनेमा हल सञ्चालनमा ल्याइएको हो । सिनेमा हल सञ्चालन पश्चात नेपाली कथानक चलचित्र ‘नाङ्गो गाऊँ, ‘एक भागवत र एक गीता’ लगायत बलिउड फिल्म ‘जवान’ प्रदर्शन भइरहेका छन् । कार्यक्रमको उद्घाटन उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा वरिष्ठ कलाकार हरिवंश आचार्यले संयुक्त रुपमा रिवन काटेर गरेका थिए ।

उद्घाटन कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले चलचित्र कर्ममा क्रियाशील रहेका लोकप्रिय कलाकारहरुको सिनेमा हल समेतमा लगानी गरि आर्थिक गतिबिधी अगाडि बढाउनु आफैमा  सकरात्मक र प्रभावकारी कार्य हो, भन्दै समग्र चलचित्र क्षेत्रको उन्नयनमा प्रभावकारी भूमिका निभाउन सक्षम होस् भनि शुभकामना व्यक्त गरेका थिए । यसैक्रममा अर्का अतिथि तथा बरिष्ठ कलाकार हरिवंश आचार्यले चलचित्र क्षेत्रमा लामो समयदेखि संलग्न भई थुप्रै हिउँद वर्षा झेलेर सिनेमा निर्माण निर्देशनका क्रमसंगै हलसंचालनको अवस्थामा पुगेका प्रियपात्र हरुको सफलताले आफ्नै सफलताको महशुष भएको बताउँदै दिपकराज गिरी तथा दिपाश्री निरौलाको खुलेर प्रशंसा गरेका थिए । हल संचालक समितिका अध्यक्ष तथा कलाकार दीपकराज गिरीले स्वागत मन्तव्यका क्रममा बोल्दै भने कलाकारीताको क्षेत्रमा लाग्दा ताकाको अनगिन्ति संघर्षदेखि फिल्म निर्माता निर्देशक हुंदै कलामन्दिर ( हल ) संचालनबाट दर्शक महानुभावहरुलाई मनोरञ्जन प्रदान गेरर सेवा दिने अवस्थासम्म पुग्दा आफूले जानेको बुझेको क्षेत्रका लागि न्याय हुने सोचेर कलाकारिता बाट गरिएको आर्जन कलामन्दिरमै समर्पण गर्न पाउंदा अत्यंत खुशी लागेको बताउंदै दर्शकहरुको साथ सहयोग र प्रेरणाले अझै गुणस्तरीय सेवा प्रदानका लागि प्रतिबद्धता व्यक्त गरेका छन् ।   कार्यक्रममा छवि राज ओझा, सुनिल कुमार थापा, झरना थापा, नरेन्द्र महर्जन, नवल नेपाल, अर्जुन कुमार लगायत उल्लेख्य रुपमा सिनेकर्मी,पत्रकार तथा सिने क्षेत्रका महानुभावहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 -जयराम बिडारी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि