एल बी परियार भन्छन् ज्ञान सिप र प्रविधि भए विश्व बजारमा भोको र नांगो भइन्न

रेडियो पत्रकारिता संगै विभिन्न सामाजिक संघ संस्थाका कामलाई चटक्कै छोडेर करीव १० लाखको लगानीमा सुरु गरेको गार्मेन्ट उद्योग अहिले उनको परिबारको जिविकोपार्जनको मुख्य माद्यम मात्र नबनेर दश जना वढी कामदारहरुको रोजिरोटीको राम्रो केन्द्र पनि वनेको छ । उद्योगमा लगानी गरेको विस लाख वढीको सम्पतिका मालिक परीयार यतिखेर वर्षमा ५० लाख वढीको कारोवार गर्छन् ।

Nov 21, 2023 - 12:32
 0  18
एल बी परियार भन्छन्  ज्ञान सिप र प्रविधि भए विश्व बजारमा भोको र नांगो भइन्न
✍️लेखनाथ सिकारु-काठमाडौ

लेखनाथ  सिकारू

काठमाडौ ।

चन्द्रपुर नगरपालिका वडा नं. ४ रौतहटका एल वि (लिलबहादुर) परियार यतिखेर काठमाण्डौमा गार्मेन्ट उद्योग संचालन गर्छन् । २०७४ सालमा एस एस सिलाई केन्द्र स्थापना गरी विगत २० वर्ष यता अफूले चलाउँदै आएको आफ्नो पेशालाई संस्थागत गरेका उनले त्यही पेशालाई आफ्नो र परिवारको भाग्य र भविश्य ठानेका छन् ।

 

रेडियो पत्रकारिता संगै विभिन्न सामाजिक संघ संस्थाका कामलाई चटक्कै छोडेर करीव १० लाखको लगानीमा सुरु गरेको गार्मेन्ट उद्योग अहिले उनको परिबारको जिविकोपार्जनको मुख्य माद्यम मात्र नबनेर दश जना वढी कामदारहरुको रोजिरोटीको राम्रो केन्द्र पनि वनेको छ । उद्योगमा लगानी गरेको विस लाख वढीको सम्पतिका मालिक परीयार यतिखेर वर्षमा ५० लाख वढीको कारोवार गर्छन् ।

प्रविपधिको विकास सँगै सिलाई कटाई क्षेत्रमा कन्साई,फ्याटलक, पाईपकटर जस्ता आधुनिक सामानले जनशक्ति कटौतिमा मद्यत गर्नुका साथै गुणस्तरीय सामाग्रीहरु छिटो र भरपर्दो ढंगबाट उत्पादन गर्न समेत सहयोग गरेको उनको तर्क छ । नेपाली वजार सहित विश्व बजारसँग उच्च प्रतिस्पर्धा गर्नुपर्ने वर्तमान सन्दर्भमा पेशा प्रतिको निरन्तरता इमान्दारीता र लगनशिलता मुख्य कुरा भएको परियारको ठम्याई छ । विश्वमै टेक्सटायल (गार्मेन्ट) उद्योगको राम्रो सम्भावना देखेका परियार ज्ञान सिप र प्रविधि भए विश्व बजारमा भोको र नांगो नहुने बताउँछन् ।

कुनै पनि पेशा व्यवसाय गर्नु पूर्व त्यस क्षेत्रको आधारभूत ज्ञान र सिप र प्रविधिको वारेमा जानकारी राख्न सक वजारको ज्ञान बुुझ्न सकेको खण्डमा पेशा र व्यवसायमा भैपरि आउने चुनौति सामना गर्न सकिने बुुझाई राखेका परियार लहैलहैमा लागेर गरेका कुनै पनि कामले दिगोपन नपाउने बताउँछन् । जहीले पनि बजारलाई दक्ष जनशक्तिको अभाव खड्कीने औंल्याउँदै परियार आफ्नै उद्योगबाट दैनिक १५ सय देखि २५ सय सम्म कामदारले लिने गरेको बताउँछन् ।

 डिजाईन र कटीङ मास्टरले सिलाई उद्योगमा मासिक एक लाख वढी पारिश्रमिक लिन सक्ने भन्दै उनि सरकारले नेपाली घरेलु तथा कुटीर उद्योगहरुलाई लगानी मैत्री बातावरण वनाईदिनुपर्ने धारणा राख्छन् । त्यसै गरी उत्पादित सामाग्री विश्व बजारमा निर्यात गर्न साथै कच्चा पदार्थ आयातमा अनुदान साथै सहयोगको बातावरण वन्ने हो भने नेपालमै ठूलो जनशक्ति परिचालन हुने उनको बुुझाई छ । टेक्सायल क्षेत्रको विस्तारसँगै विदेश पलायन हुने ठूलो जनशक्ति स्वदेशमै काम पाउने साथै आय आर्जनको राम्रो माद्यम वन्ने उनको बुझाई छ । आफ्नो सिलाई केन्द्रलाई तालिम केन्द्रको रुपमा विकास गर्दै आगामी वर्षबाट २० जना वढीलाई रोजगार सृजना गर्न साथै एक करोड वढीको कारोबारको लक्ष राखेका परियार सरकारी तथा गैर सरकारी क्षेत्र र संघ संस्थाहरुसँग समेत साझेदारी गर्दै स्थानिय उद्योगहरुलाई व्यवस्थित गर्नुपर्ने र पूँजी पलायनलाई रोक्नुपर्ने परियार बतउँछन् ।

काठमाण्डौंको कोटेश्वरमा महँगो घरभाडा तिरेर उद्योग सँचालन गरेका उनले वालवचाको पढाई सँगै परिवारको भैपरिआउने खर्च व्यवस्थापन गर्दैै परियारले आफ्नो पेशालाई आम्दानीको मुख्य श्रोतको रुपमा विकास गरेका छन् । उनि सँगै उद्योगमा १० जना जनशक्तिको रोजिरोटीको माद्यम पनि सिलाई उद्योग नै बनेको छ । सिलाई कटाई व्यवसायमा उच्च र अस्वस्थ्य पतिस्पर्धा छ , बजार मन्दिको प्रत्यक्ष र परोक्ष असर व्यवसायमा परेको छ ।

 

कमसल र सस्ता सामाग्रीले बजारमा प्रतिस्पर्धा गर्न मुस्किल परेको छ तर पनि दिगो भरपर्दो र गुणस्तर भने आफूहरुले चलाएका टेक्सटायल उद्योगबाटै हुने उनकोे बुझाई छ । विदेश गएर पराईको गुलामी गर्नुभन्दा घर परिबारसँग रमाउँदै सकेजति सामाजिक काम समेत गर्दै व्यवसायमा जमेका परियार आफ्नै देशमा श्रम शिप र उद्योग गर्नुपर्ने जस्ले घर परिवार समाज र सिंगो राज्यलाई समेत सहयोग पुग्ने विचार उनको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि