सर्बोच्चले सामाजिक संजाल टिकटक बन्द गर्नुको कारण सरकारसँग माग्यो।

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्बोच्चमा कानुन व्यवसायीहरूले हालेको रिट उपर सर्वोच्च अदालतले सरकारसँग टिकटक बन्द गर्नुपर्ने कारण सोधेको छ।

Nov 21, 2023 - 13:10
 0  13
सर्बोच्चले सामाजिक संजाल टिकटक बन्द गर्नुको कारण सरकारसँग माग्यो।
फायल तस्वीर

मंसिर ५ काठमाडौ ,काव्य घर /टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्बोच्चमा कानुन व्यवसायीहरूले हालेको रिट उपर सर्वोच्च अदालतले सरकारसँग टिकटक बन्द गर्नुपर्ने कारण सोधेको छ।

 

सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले मंगलबार टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति कारण देखाउ आदेश जारी गरेको हो। सरकारले गत कात्तिक २७ गते नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो। सामाजिक सद्भाव बिगारेको भन्दै सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको प्रवक्ता रेखा शर्माले जानकारी दिएकी थिइन्।

 

आदेशमा मंसिर १५ गतेभित्रमा कारणसहित लिखित जवाफ माग गरिएको छ भने यसको सुनुवाई मंसिर १९ गतेबाट हुने सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले काव्य घरलाई बताए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि