कालोपत्रे गर्ने काम अलपत्र पारेपछि तीन ठेक्का रद्ध

Oct 14, 2023 - 02:09
 0  4
  कालोपत्रे गर्ने काम अलपत्र पारेपछि तीन ठेक्का रद्ध

असोज २७,उदयपुर, काव्य घर ।  सगरमाथा लोकमार्ग अन्तर्गतको गाईघाट दिक्तेल सडक योजनाले ठेकेदार कम्पनिले सम्झौता अनुसार कालोपत्रे गर्ने काम नगरी अलपत्र पारेको कारण ठेक्का सम्झौता रद्ध गरेको छ । सडक योजनाले सम्झौता रद्ध गरेपछि 
उदयपुरको गाईघाट स्थित गाईघाट दिक्तेल सडक योजनाका विरुद्ध ठेकेदार कम्पनिले उच्च अदालत पाटनमा दिएको रिट उपर फैसला गर्दै उच्च अदालत पाटनले गाईघाट दिक्तेल सडक योजनाका पक्षमा फैसला सुनाएको छ । 
ठेकेदार कम्पनि देवनारायण पवन मैनाचुली खाम्पाचे जे भीले उदयपुरको गाईघाटदेखि खोटाङको दिक्तेल जोड्ने सगरमाथा लोकमार्गको फोक्सिङटारदेखि सिम्पानीसम्मको २७ किलोमिटर खण्डमा कालोपत्रे गर्न ठेक्का लिएकोमा काम समयमा नगरेको, चरम लापर्वाही र ढिला सुस्तीका कारण सडक योजनाले २०७९ पुष ८ गते ठेक्का तोड्ने निर्णय गरेपछि उच्च अदालत पाटनमा ठेकेदार कम्पनिले २०७९ पुष १९ गते मुद्दा हालेकोमा उच्च अदालतको २०८० असोज १० गतेको फैसलाले उक्त रिट खारेज गर्ने फैसला गरेको थियो ।। 
गाईघाट दिक्तेल सडक योजनाका योजना प्रमुख सिडिई गोपालप्रसाद खकुरेलका अनुसार ठेकेदार कम्पनिले रिट हालेपछि २०७९ माघ ४ गते अदालतले अन्तरिम आदेश जारी गरी ठेक्का रद्ध गर्ने निर्णय कार्यान्वयन नगर्नु भन्ने आदेश जारी गरेको थियो । तर असोज १० गतेको फैसलाले ठेकेदार कम्पनिले दिएको रिट नै खारेज भएकोेले सडक योजनालाई नयाँ ठेक्का खुलाउने बाटो प्रशस्त भएको छ ।
उच्च अदालत पाटनले छेकेदार कम्पनिले दिएको रिट खारेज गर्ने फैसला सँगै प्रक्रिया पुरा गरी पुनः अर्को ठेक्का खुलाउने बाटो खुलेकोले अब काम गर्न सहज हुने र ठेक्का खुलाउने प्रक्रियामा अघि बढने तयारी भैरहेको योजना प्रमुख खकुरेलले बताए ।
ठेकेदार कम्पनिले पुनः अर्को ठेक्का खुलाउँदा कालोपत्रे गर्ने खर्च निर्माण व्यवसायीले नै व्यहोर्नुु पर्ने भएकोले खर्च बढी हुने डरले रिट हालेको हो । अन्तरिम आदेश भएपछि ठेकेदार कम्पनिले निर्माण स्थलमा कालोपत्रे गर्न प्राइमकोड करीब अढाई किलोमिटर राखेको थियो । तर कालोपत्रे गर्ने काम नभएको योजना प्रमुखले बताए । 
खोटाङ जिल्लाका राजनीतिक दलका नेता कार्यकताहरुले पनि उक्त सडक छिटो सम्पन्न गर्न पटक पटक नै ठेकेदार कम्पनिलाई दवाव  दिएका थिए ।
उक्त ठेक्का २०७३ साल साउन ११ गते सम्झौता भएको र २०७७ साल साउन महिनाभित्रमा उदयपुरको फोक्सिङटारदेखि खोटाङको सिम्पानीसम्म कालो पत्रे गरिसक्नु पर्ने समय रहेको थियो । सगरमाथा लोकमार्गको नामले परिचित गाईघाट दिक्तेल सडक योजना को सडक गाईघाटदेखि दिक्तेलसम्म १ सय १ किलोमिटर रहेको छ । 
यसैगरी सगरमाथा लोकमार्ग अन्तर्गतको गाईघाट दिक्तेल सडक योजनाले गत शुक्रबार मात्र थप दुई ठेकेदार कम्पनिसँग भएको सम्झौता रद्ध गरेको छ । 
सडक योजना श्रोतले दिएको जानकारी अनुसार ठेकका सम्झौता गरेर काम नगर्ने दुई ठेकेदार कम्पनि भारत कन्सट्रकसन सिद्धिसाई जेभी र द कञ्चनजंघा गोलडेनगुड जेभीको ठेक्का सम्झौता रद्ध गरिएको छ ।
ठेकेदार कम्पनिहरले पटक पटक म्याद थप गर्ने तर काम नगर्ने गरेकोले ठेक्का रद्ध गर्नु परेको जनाउँदै सडक योजनाले जनाएको छ । काम गर्छु भनेर सम्झौता गर्ने तर काम नगर्दा राज्यलाई घाटा भैरहेको र विकास निर्माणका काममा चरम ढिला सुस्ती भएकोले कार्वाही स्वरुप ठेक्का स्वरुप ठेक्का सम्झौता रद्ध गरेर चेतावनी दिएको सडक योजनाको दावीछ । करीब तीन वर्ष काम गर्ने अवधि तोकिएकोले नियमित काम गर्दा समय अगावै काम सम्पन्न हुन्छ । तर आफैले गरेको सम्झौतालाई बेवास्ता गरेर विकास निर्माणको कामलाई पछि पार्ने काम ठेकेदार कम्पनिले गरिरहेको सडक योजनाले जनाएको छ । 
असोज १४ गतेदेखि १५ दिन भित्रमा ठेक्का सम्झौता रद्ध नगर्नुपर्ने कारण पेश गर्न ठेकेदार कम्पनिलाई पत्र काटिएको छ । निर्माण सम्पन्न गर्ने म्याद सकिए पनि काममा चासो नराखेकोले ठेक्का रद्ध गर्ने निर्णय गरिएको सडक योजना श्रोतले जनाएको छ । सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ अनुसार काम नगर्ने ठेकेदार कम्पनिको ठेक्का सम्झौता कानुन बमोजिम रद्ध गरिएको श्रोतको दावी छ ।


    

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि