नेपाल पूर्व प्रहरी संगठनद्धारा कल्याणकारी कोषको रकम छानबिनको पुन आग्रह

कोषमा अहिले चार अर्ब रुपैयाँ रहेको संगठनका अध्यक्ष वसन्त राजकुँवरले जानकारी दिए । यो ३२ वर्षमा चार अर्ब भन्दा बढि रकम हुनुपर्ने आफूहरुको विश्वास रहेकोले प्रहरी महानिरीक्षकसँग छानबिनको लागि आग्रह गरिएको

Apr 30, 2024 - 18:51
Apr 30, 2024 - 18:56
 0  3
नेपाल पूर्व प्रहरी संगठनद्धारा कल्याणकारी कोषको रकम छानबिनको पुन आग्रह


बैशाख  १८, काठमाडौं,काव्य घर  । नेपालपूर्व प्रहरी संगठनले नेपालप्रहरी कल्याण कोषको रकमबाट न्यायोचित सेवा नपाएको गुनासो गरेर कोषका संरक्षक प्रहरी महानिरीक्षक समक्ष बुझाएको ६ बुँदे ज्ञापनपत्र पछि आफूहरुको केही माग पूरा भएको र केही पूरा हुनबाँकी रहेको जनाएको छ । 
आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संगठनले यस अघि गत फागुन २४ गते क्लबमार्फत नै आफ्नामाग सार्वजनिक गरेको थियो । संगठनले महानिरीक्षक समक्ष बुझाएको ज्ञापन पत्रमा पूर्व प्रहरी तथा तिनका परिवारहरुलाई प्रहरी अस्पतालमा निःशुल्क स्वास्थय सेवाप्रदान हुनुपर्ने, कोष सञ्चालक समितिमा पूर्व प्रहरीहरुको प्रतिनिधित्व बढ्नुपर्ने, कोषको व्यवस्थापनमा पूर्व प्रहरीहरुको सहभागिता हुनुपर्ने, पूर्व प्रहरीहरुको सन्ततिको प्रहरी भर्नामा कोटा निर्धारण हुनुपर्न ेलगायत रहेका थिए । संगठनले कल्याण कोषमा हाल मौज्दात मूल रकम नै कम देखिएकोले पूर्व प्रहरी सम्मिलित छानबिन टोली गठन गरिनुपर्ने पनिमाग उठाएको थियो । 
तीमागमध्ये केहीमाग सुनुवाई भएको संगठनको भनाई छ । कल्याण कोष सञ्चालक समितिले आगामी साउनदेखि पूर्व प्रहरी तथा उनीहरुको परिवारलाई बहालका प्रहरीहरु सरह स्वास्थ्य सेवाप्रदान गर्ने निर्णय गरेको छ । उक्त निर्णयको संगठनले स्वागत गरेको छ । 
संगठनले विभिन्न ६ मागहरुमा एउटा मात्रै माग सम्बोधन भएकोले अरु माग पूरा गराउनको लागि निरन्तर वार्ता तथा छलफलमा बस्ने निर्णय गरेको छ । यस्तै, कल्याण कोषको मूल रकमबाट बढि भएको रकम कल्याणकारी कार्यमा खर्च गर्दा ४० प्रतिशतपूर्व प्रहरीहरुका लागि,४० प्रतिशत बहालका प्रहरीहरुको लागि र २० प्रतिशत अन्य आयमूलक कार्यमा खर्च गर्ने नीति बनाउन पर्ने अडानबाट भने ब्याक भएको जनाइएको छ । 
कोषको रकमबारे छानबिन समिति बनाउन अग्रसरता नदेखाईए आफूहरु सम्बन्धित निकायहरुबाट छानबिन गराउन सक्रियता पूर्वक लाग्ने पनि संगठनले चेतावनी दिएको छ । 
कोषमा अहिले चार अर्ब रुपैयाँ रहेको संगठनका अध्यक्ष वसन्त राजकुँवरले जानकारी दिए । यो ३२ वर्षमा चार अर्ब भन्दा बढि रकम हुनुपर्ने आफूहरुको विश्वास रहेकोले प्रहरी महानिरीक्षकसँग छानबिनको लागि आग्रह गरिएको उनले स्पष्ट पारे । २०५० सालदेखि २०७० सालसम्मको कोषको रकम हेर्दा कम लागेकोले एकपटक जाँच बुझगर्न भनिएको उनको भनाई छ । 
यस्तै, संगठनका केन्द्रीय सदस्यतथाअधिवक्ताप्रदीपबहादुर श्रेष्ठले २०१२ सालमा बनेको प्रहरी ऐन अहिले सम्म त्यही लागु भएको र केही परिवर्तन नभएको भन्दै समय सापेक्ष कानून तथा ऐन बनाउनु पर्नेमा जोड द्यिए । 
उनले प्रहरी नियामवलीमा पनि प्रमोशन, सुरुवाको प्रणाली अपारदर्शी रहेको टिप्पणी गरे । उनले विभेदकारी र असमानप्रमोशन प्रणाली संशोधननभएप्रहरी संगठन नै कोल्याप्स हुने टिप्पणी गरे । आफ्नो मान्छेलाई नम्बर बढि दिएर प्रमोशनगर्ने र पावर नहुनेलाई प्रमोशननगरिने प्रचलनअहिलेपनिप्रहरी संगठनमा हाबी रहेकोले यसलाई यथाशक्य सच्याउनुपर्ने उनको सुझाव छ ।प्रहरी संगठनमा १४ वर्षसम्मप्रमोशननदिनु अपराधभएको उनको भनाई छ । 
संगठनका केन्द्रीय सदस्य कृष्ण शिवाकोटीले संगठनको तर्फबाट जारी गरिएको विज्ञप्ती वाचन गरेकाथिए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि