कोशी प्रदेश अधिवेशन असोज १७ गतेका लागि आह्वन

Sep 30, 2023 - 07:32
 0  20
कोशी प्रदेश अधिवेशन असोज १७ गतेका लागि आह्वन

 असोज १२ मोरङ , काव्य घर / कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले असोज १७ गतेका लागि प्रदेशसभाको चौथो अधिवेशनको आह्वान गरेका छन् ।

कोशी प्रदेश मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

 सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम २२ भदौमा नियुक्त भएका प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २० गते भित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ ।तर अधिवेशन आह्वान भए पनि विश्वासको मत लिने समय टुङ्गो भएको छैन ।

 प्रदेश सरकारका प्रवक्ता लिलाबल्लभ अधिकारीले दलहरुसँगको छलफलपछि विश्वासको मत लिने समय टुङ्गो लगाउने काव्य घर समक्ष बताएका छन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि