कोशीका मुख्यमन्त्री थापा अहिलेलाई जोगिए

Jul 12, 2023 - 18:28
Jul 12, 2023 - 18:33
 0  36
कोशीका मुख्यमन्त्री थापा अहिलेलाई जोगिए

असार २७ काठमाडौ ,काव्य घर/कोशी प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा सत्ता गठबन्धनका नेपाली कांग्रेसका नेता उद्धव थापाको नियुक्ति बिषयमा सत्ता गठबन्धनले सभामुखलाई प्रयोग गरेको बारेमा नेकपा एमालेले दायर गरेको रिटमाथि आज साझ सुनुवाइ भएको थियो ।

 आज भएको सुनुवाइमा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न आदेश दिएको छ। त्यस्तै साउन ७ गतेदेदेखि निरन्तर सुनुवाई गरेर निर्णयार्थ पेश गर्नसमेत आदेश दिइएको छ।

 प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्म दिर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्नू, नगराउनू भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम प्रत्यर्थीहरूको नाउँमा अन्तरिम आदेश जारी गरिएको छ,' आदेशमा भनिएको छ। । रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङग, मुख्यमन्त्री थापा,सभामुख गौतमलाई प्रतिवादी बनाइएको छ। नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले गत बिहीबार मुख्यमन्त्री नियुक्त गरेका थिए।

 गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका २९,नेकपा (माओवादी केन्द्र) का १२, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टी (जसपा) का १ जना प्रदेशसभा सदस्य तथा सभामुख बाबुराम गौतमसमेतको समर्थनमा थापा मुख्यमन्त्री नियुक्त भएका हुन् सभामुखको हस्ताक्षरलाई लिएर विवादित बनेको कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति तत्कालका लागि जोगिएको छ।

 मुख्यमन्त्री थापालाई कोसी प्रदेशको मुख्य मन्त्रीमा नियुक्ति गर्ने सन्दर्भमा पेश भएका प्रस्ताव, समर्थन, दाबी, हस्ताक्षरलगायतका सम्पूर्ण कागजातसहित प्रदेश प्रमुखको मिति २०८० असार २१ को निर्णयको सक्कल फाइल कोसी प्रदेश प्रमुखको कार्यालयबाट साउन ३ गतेभित्र झिकाउन सर्वोच्चले आदेश दिएको छ।

 'साउन ७ गतेको पेशी तोकी पेशीको जानकारी निवेदक तथा महान्यायाधिवक्ता/मुख्य न्यायाधिवक्ता कोशी प्रदेशलाई दिई प्रस्तुत मुद्दा सो मितिदेखि निरन्तर सुनुवाईमा राखी निर्णयार्थ पेश गर्नू,' आदेशमा भनिएको छ। लगातार तीन दिन पेसी तोकिएर पनि हेर्न नभ्याइनेमा राखिएको मुद्दा आज सपना मल्लको इजलासमा परेको थियो । आजको सुनुवाइमा बरिष्ठ अधिवक्ता सतिस कृष्ण खरेल, बावुराम दाहाल, कृष्ण भक्त पोखरेल डा सुरेन्द्र भण्डारी र केदार दाहालले बहस गरेका थिए । '

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow