गीतकार राजेन्द्र गुरागाईको ‘शब्दहार’ विमोचन

Aug 13, 2023 - 15:28
Aug 14, 2023 - 16:04
 0  30
गीतकार राजेन्द्र गुरागाईको ‘शब्दहार’ विमोचन

साउन २८ ,काठमाडौं, काव्य घर । गीतकार राजेन्द्र गुरागाईको ‘शब्दहार’ गीत संग्रह प्रमुख अतिथि, अतिथिहरुले संयुक्त रुपमा विमोचन गर्नु भएको हो । कार्यक्रमका  प्रमुख अतिथि कवि विष्णुविभु घिमिरेले कृतिकार गुरागाई कुशल अनुवादक हुनुका साथै स्वादिला गीत कविता लेख्न सिपालु कवि भएको बताउनुभयो । साहित्यकार प्रमोद प्रधानले गुरागाईका रचनामा राष्ट्रभक्तिका स्वरहरु कलात्मका रुपमा प्रस्तुत भएको उल्लेख गर्नुभयो ।

सो पुस्तकको प्रकाशक संस्था प्रतिभा पुरस्कार प्रतिष्ठानका अध्यक्ष दधिराज सुवेदीले कृतिकार गुरागाईका रचनाभित्र  कलापक्ष प्रचूर मात्रामा रहेको कुरा बिराटनगरबाट आफ्नो शुभकामना मन्तव्यमार्फत व्यक्त गर्नुभयो । 

कवि राधिका गुरागाई, कवि विमुश पौडेल तथा कृतिकार राजेन्द्र गुरागाईले कृतिभित्रका केही गीतहरु वाचन गर्नुभएको थियो । समारोहमा साहित्यकारहरु राधेश्याम लेकाली तथा शान्तिमाया गिरीले मन्तव्य प्रकट गर्नुभएको थियो

राष्ट्रिका साहित्य प्रतिष्ठानद्वारा आयोजित सो सभा उक्त प्रतिष्ठानका अध्यक्ष ऋषभ घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन सो संस्थाका महासचिव मधु पाठकले गर्नुभएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि