जीवन जीवन्तको उपन्यास ‘चरैवेति’ लोकार्पण तथा परिसम्वाद कार्यक्रम सम्पन्न
यात्राको निरन्तरता नै जीवनको प्रमुख पाटो हो । समालोचनाका क्षेत्रमा प्रसिद्ध नाम जीवन जीवन्तद्वारा लिखित उपन्यास ‘चरैवेति’ को लोकार्पण तथा परिसम्वाद कार्यक्रम सुसम्पन्न गरिएको छ ।
परिसम्वाद कार्यक्रममा उपन्यास विधामा आधारित रहेर लामो समयदेखी खोज अनुसन्धान गरिरहेका उपन्यासकार जीवन्तले धर्मान्तरणको वर्तमान सामाजिक यथार्थतालाई आर्थिक र राजनैतिक रङ दिएर हाम्रा आदिबासी र जनजातिहरुको मौलिक पहिचान समाप्त पार्ने तितो यथार्थतालई धर्मका नाममा गरिने कुनै पनि अतिबाद र त्यसका नाममा खोजिएको सत्य सर्वकालिक र सर्वमान्य नहुने भएकोले मानवजातिले सदैव नवीन सत्यको खोजी गरिरहनुपर्ने बताउँदै धर्म परिर्वतन गरेपछिको सनातनीहरुलाई हेर्ने दृष्टिकोण र सनातनीले हेर्ने दृष्टिकोण बीचमा प्रश्न र संशय पश्चात सामाजिक परिवेशमा उब्जिएका प्रश्नहरुको समाधानका लागि लेखकीय भूमिकामा चरैवेति लिएर समालोचना विधाबाट आख्यान क्षेत्रमा आएको विचार व्यक्त गरेका थिए ।
What's Your Reaction?