धरौटी बुझाउँन नसक्दा रिजाल थुनामा 

Dec 7, 2023 - 13:49
 0  12
धरौटी बुझाउँन नसक्दा रिजाल थुनामा 


मंसिर २०, काठमाडौं, काव्य घर । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन संलग्न रहेको अभियोग लागेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिए पनि उनी छुटेका छैनन्।

मंसिर १५ गते अदालतले रिजालसहित ७ जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो। तीमध्ये धरौटी बुझाएर ६ जना छुटिसकेका छन्।

उच्च अदालत पाटनका न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलको इजलासले रिजाललाई १५ लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएका थिए।

तर बिहीबारसम्म रिजाल थुनामै छन्। रिजालले धरौटी बुझाएका छैनन्। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि