एमालेले कोशी प्रदेशमा पनि सत्ता गुमायो ।

Jul 1, 2023 - 07:44
Jul 1, 2023 - 09:03
 0  19
एमालेले कोशी प्रदेशमा पनि सत्ता गुमायो ।

असार १६ मोरङ ,काव्य घर नेपाल /बिहीबार मुख्यमन्त्री कार्कीले विश्वासको मत मागेपछि प्रदेशसभा बैठकमा शुक्रबार मतदान भएको थियो । मतदानमा मुख्य मन्त्री हिक्मतकुमार कार्कीले बिश्वासको मत गुमाए पछि कोशि प्रदेशमा नयाँ सरकारको जोड घटाउ सुरु भएको छ।

 सत्तारुढ दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी जम्मा ४६ मत कार्कीले पाए भने बिपक्षमा ४३ मत परेको थियो । गठबन्धन दल कांग्रेसकी ममता तामाङ र माओवादीका नारायण बुर्जामगर विश्वासको मतका लागि मतदान प्रक्रिया सुरु हुँदै गर्दा प्रदेशसभाबाट बाहिरिएका थिए । ९३ सदस्यीय प्रदेशसभामा जसपाबाट एक्ली सांसद प्रदेशसभा सदस्य निर्मला लिम्बू छिन्। गत पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका कार्की नेतृत्वको सरकारमा उनी स्वास्थ्यमन्त्री बनेकी थिइन्।

जेठ २७ गते जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि लिम्बूको मन्त्री पद गुमेको थियो। माओवादीले सरकारलाई दिएको समर्थन जेठ २३ गते फिर्ता लिएको थियो। सत्तारुढ दल माओवादी र जसपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था आएको थियो ।

प्रदेशसभामा सत्तारुढ एमालेका ४० र राप्रपाका ६ जना सांसद छन् । प्रतिपक्षी कांग्रेसका २९, माओवादीका (सभामुख) बाहेक १२, समाजवादीका ४ र जसपाका १ सांसद छन् । बहुमतका लागि ४७ सांसद आवश्यक हुन्छ । आफ्नो नेतृत्वमा एमाले ले संयुक्त सरकार बनाउने प्रस्ताव अगाडि सारेपनि एमालेको नेतृत्वमा संयुक्त नयाँ सरकार बन्ने परिस्थिति बनेको छैन भने गठबन्धनको तर्फबाट माओवादी आफ्नो नेतृत्वमा प्रदेश सरकार बनाउने रणनीतिमा छ भने एमाले ठुलो दलिय सरकार बनाउने योजनामा छ ।

विश्वासको मत पाउन नसकेर मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएपछि नयाँ सरकार गठनको तयारी सुरु भएको हो। प्रदेशसभा सचिवालयले कार्कीले विश्वासको मत पाउन नसकेको पत्र प्रदेश प्रमुखको कार्यालयलाई पठाएपछि कोसीमा नयाँ सरकार गठनका लागि बाटो खुला भएको छ।

प्रदेश नम्बर एकको नाम कोशि राख्न सहमति गरेर सबै दल मिलेर एक नम्बर प्रदेशको नाम कोशी राखिएको थियो । कोशी नामाकरण गरिएपछि पहिचानधरहरुले कोशी नामाकारण सच्याउनु पर्छ भन्दै माग राखेर आन्दोलन सुरु गरेपछि प्रदेश सरकारमा हानथाप सुरु भएको थियो ।

पहिचानबादीहरुले प्रदेश सरकारका कार्यक्रमहरुमा अबरोध सिर्जना गर्दै आन्दोलन मच्चाएपछि  गठबन्धन दलहरुले प्रदेश नम्बर एकको नाम कोशीलाई पुनरबिचार गर्ने भन्दै आन्दोलनकारीलाई सहयोग गर्दै माओवादीले एमालेलाई एक्ल्याउने आन्तरिक तयारी गर्दै आन्दोलनकारिहरुकाई भित्रभित्रै सहयोग पुर्‍याउदै एमाले विरुद्ध लक्ष्यित कार्यक्रममा सहयोग गर्दै आइरहेको थियो । प्रदेश नम्बर एकको नाम एमाले बाहेकका दलहरूले मात्रै परिवर्तन गर्न नसक्ने पुर्व सामाजिक बिकास मन्त्री बुद्धि म्बहादुर राजभण्डारीले काव्य घर सग बताए ।

 आन्दोलनकारीको आगोमा घिउ छरेको माओवादीले गठबन्धन सरकारको नेतृत्व गर्न पुगेमा आन्दोलनकारिको राकोले कस्लाई जलाउ छ ??

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि