सरकारद्धारा फरेस्टरहरुलाई प्रदेशमा समायोजन गर्ने निर्णय

लोकसेवा आयोगमार्फत प्रतिस्पर्धा गरेरै फरेस्टर बनेकाहरु अहिले काम गर्ने वतावरण माग्दै आन्दोलनमा छन् । ५ वर्षदेखि उनीहरु दरबन्दीविहीन अवस्थामै वन मन्त्रालय अन्तर्गत विभिन्न निकायमा खटिएका छन् ।

Dec 8, 2023 - 11:58
 0  8
सरकारद्धारा फरेस्टरहरुलाई प्रदेशमा समायोजन गर्ने निर्णय

मंसिर २२,काठमाडौं,काव्य घर । सरकारद्धारा फरेस्टरहरुलाई प्रदेशमा समायोजन गर्ने निर्णय गरेको छ ।  सरकारले वन सेवा जनरल फरेष्ट्री समूहको राजपत्र अनंकित द्वितीय श्रेणीका फरेस्टरहरुलाई प्रदेशमा समायोजन गर्ने निर्णय गरेको छ । २१ मंसिरमा बसेको मन्त्रिपरिषद बैठकले लामो समयदेखि हाल फाजिलमा रहेका फरेस्टरहरुलाई प्रदेशमा समायोजन गर्ने निर्णय गरेको हो ।

दरबन्दी कायम भएकाबाहेकका पदमा रहेका कर्मचारीलाई फाजिल भन्ने गरिन्छ । फाजिलमा रहेका फरेस्टरहरुले सिंहदरबारमै पुगेर आफूहरुको व्यवस्थापन गर्नुपर्ने माग गर्दै आएका थिए ।

लोकसेवा आयोगमार्फत प्रतिस्पर्धा गरेरै फरेस्टर बनेकाहरु अहिले काम गर्ने वतावरण माग्दै आन्दोलनमा छन् । ५ वर्षदेखि उनीहरु दरबन्दीविहीन अवस्थामै वन मन्त्रालय अन्तर्गत विभिन्न निकायमा खटिएका छन् ।

कर्मचारी समायोजन ऐन, २०७५ अनुसार समायोजन भएका करिब १८५ जनाले दरबन्दीअनुसार नै प्रदेश र संघ अन्तरगतका कार्यालयहरुमा खटिन पाएपनि करिब ४२५ जना फरेस्टर भने दरबन्दीविहीन रहन पुगेका थिए । संघ अन्तरगत नै उनीहरु प्रदेशका कार्यलयमा पठाइए, तर प्रदेशले उनीहरुलाई अनेक किसिमले असहयोग गरिरहेको छ ।


प्रदेशले संघको भन्ने र संघले प्रदेशतिरै बस्न भन्ने अवस्थाले फरेस्टरहरु पीडित थिए । यसले गर्दा उनीहरुलाई पर्याप्त सेवासुविधा पाउने मात्रै हैन, बढुवमा समेत सकस भएको थियो ।

निजामती सेवा नियमावलीले फाजिलमा परेर अन्य निकायमा कामकाज गर्न खटिएका निजामती कर्मचारीका लागि कार्यरत कार्यालयमा स्वतः माथिल्लो श्रेणीको पद सिर्जना हुने व्यवस्था गरेको छ । तर, फरेस्टरहरुका लागि बढुवाको बाटो नै खोलिएको छैन । दरबन्दी पाएकाहरु तह बढुवा वा ग्रेड वृद्धिको पाइरसक्दा पनि उनीहरु बढुवा नै नपाउने अवस्थामा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि