नागार्जुन वाङ्मय प्रतिष्ठानद्धारा सुप्रभात काव्य गोष्ठी सम्पन्न 

कार्यक्रममा हालसालै दिवंगत भएका चराविद्ध हेम पौडेल, तथा बी.के पाल्पली र यादव थपलिया लगायतलाई श्रद्धाञ्जली अर्पण गर्दै प्रिय तिमीले त्याग्नुपर्छ कविता वाचन गरिएको थियो ।

Feb 3, 2024 - 18:57
Feb 3, 2024 - 19:34
 0  27
नागार्जुन वाङ्मय प्रतिष्ठानद्धारा सुप्रभात काव्य गोष्ठी सम्पन्न 

माघ २०,काठमाडौं, काव्य घर / नागार्जुन साहित्यिक प्रतिष्ठान, परिवर्तित नाम नागार्जुन वाङ्मय प्रतिष्ठानद्धारा निरन्तर रुपमा संचालन गरिने सुप्रभात काव्य गोष्ठी  इजी वे सहकारी संस्थाको अद्वैतमार्ग स्थित सभाहलमा सम्पन्न गरिएको छ । 


नागार्जुन वाङ्मय प्रतिष्ठानका अध्यक्ष दिल पौडेलको सभापतित्व तथा प्रमुख अतिथि नेपाली केन्द्रीय विभाग किर्तिपुरका प्रा.डा.नारायणप्रसाद गड्तौलाको समालोचकीय भूमिकामा  जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक सिडियो तथा साहित्यकार अमर दीप सुनुवारको विशेष आतिथ्यमा १७ साहित्यकार सहभागि कविको रचना बाचन गरि कार्यक्रम सम्पन्न गरिएको हो ।

उक्त कार्यक्रममा गङ्गा प्रसाद भेटुवाल द्वारा झापालीलाई शंका नगर गीत,गंगा खतिवडाद्वारा नागार्जुन तिमीलाई के भनौं ? कविता प्रकाश कोईराला  छुच्चो कविता, नविन ‘पल्ल्लव’ द्धारा सिरुपाते खुकुरी राष्ट्रवादी कविता,सुशान्त न्यौपानेद्वारा तारकेश्वर नगरपालिकाको पर्यटकीय वर्णन सहितको गीत, शिवहरी पाण्डेद्धारा समसामयिक विषयवस्तुमा आधारित बाँदरको घोषणापत्र कविता , बलराम बिष्टद्धारा पान कविता,जयराम बिडारीको  मुक्तक, रुबि सत्यालको  संघर्षरत बा'हरुमा समर्पित ‘बा’ कविता प्राज्ञ चेतनाथ धमलाको टुक्रा तथा धमिरा शीर्षकको चोटिलो कविता,माधव घिमिरे ‘अटल’को  सपनाको महानगर कविता, नागार्जुन साहित्यिक प्रतिष्ठानका निवर्तमान अध्यक्ष प्रकाश सिलवालद्धारा प्रतिष्ठानको साहित्यिक गतिविधिका बारेमा चर्चा गर्दै प्रतिष्ठानको स्थापनामा स्वर्गीय दाहाल यज्ञनिधीको भूमिकाका बारेमा प्रकाश पार्दै कविता वाचन गरिएको थियो । 


 कार्यक्रममा हालसालै दिवंगत भएका चराविद्ध हेम पौडेल, तथा बी.के पाल्पली र यादव थपलिया लगायतलाई श्रद्धाञ्जली  अर्पण गर्दै   प्रिय तिमीले त्याग्नुपर्छ कविता वाचन गरिएको थियो । साथै कवि तथा पत्रकार  रेणुका भट्टराईद्धारा पत्रकार तथा साहित्यकार बी.के पाल्पालीको २ हाइकु वाचन गर्दै ‘म पनि मान्छे हुँ’ कविता सुनाइएको थियो ।

यसैक्रममा बिशेष अतिथी ललितपुर जिल्ला प्रशासन कार्यालय ललितपुरका साहयक सिडियो तथा कवि अमर दीप सुनुवारद्धारा ’सहिदगेट संगका यक्षप्रश्न’ कविता वाचन गरिनुका साथै कार्यक्रमका संचालको भूमिका समेत निभाएका युवराज नास्तिकले ’ठूटो चुरोट’ कविता वाचन गर्नु भएको थियो । कवि अर्पणा खड्काको शीर्षक बेनामे कविता सशक्त रुपमा प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा नागार्जुन वाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभापति दिल पौडेलद्धारा संस्थागत गतिविधिका बारेमा प्रकाश पार्दै ‘सिडियोको सेतो घोडा नामक ब्यंग्य कविता वाचन थियो । 

कार्यक्रमका समिक्षकको भूमिकामा समेत रहेका प्रमुख अतिथि  प्रा.डा. नारायणप्रसाद गर्तौलाद्वारा समिक्षाका क्रममा रचनाको भावनाको गहनताको महत्वलाई कविको प्रतिभाको प्रस्फुटनका निर्माणमा लगानीको प्रतिफलको रुपमा प्रशंसित गरिनुपर्ने बताउँदै सिद्धान्तका आधारमा लेखिएका कवितालाई कविताको आधारमा सिद्धान्त बनाइनुपर्ने उल्लेख गर्दै कवि हृदयले बिशालता सिञ्चन गरिनुपर्छ । कविता रुपी सौन्दर्यको पारख पाठकले गर्ने पीडाको बीचमा पनि मानवताको आकांक्षाको खोज गरिएको सृजना जीवन्त हुने बताउंदै शासक बर्गले ज्ञानीजनको उपेक्षा गरिने वर्तमान अवस्थालाई सुक्ष्मरुपमा सुन्दर ढंगले समीक्षा गर्नु भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि