नाट्यकर्मी महासंघ पाँचथरको अध्यक्षमा दिलाञ्जली  

Aug 17, 2023 - 11:49
 0  12
नाट्यकर्मी महासंघ पाँचथरको अध्यक्षमा दिलाञ्जली  

साउन ३२,पाचथर, काव्य घर । नाट्यकर्मी महासंघ नेपाल पाँचथरको दोस्रो जिल्ला अधिवेशनले राज दिलाञ्जली अध्यक्ष रहेको ९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।    कार्य समितिको उपाध्यक्षमा रजनी हाङ्सरुम्बा,  सचिवमा कमल घिमिरे र कोषाध्यक्षमा बालकृष्ण बाँस्कोटा चयन हुनु भएको छ । यस्तै सदस्य हरुमा नुनाम केरुङ,सुनिता जवेगू,अमृता केरुङ,वर्षा खवास र विवेक हाङसरुम्वा चयन हुनु भएको छ । नाट्याकर्मी मित्र लिङ्देनको प्रमूख आतिथ्यमा सम्पन्न अधिवेशनमा नौलो साहित्यिक बिहान समाजका कार्यवाहक अध्यक्ष खड्ग बोहोरा, नाट्यकर्मी महासंघका सल्लाहकार नरेन्द्रराज केरुङ सहितका अतिथिले नाट्य क्षेत्रबाट राजनैतिक अस्थिरता सँगै कुरीति हटाउन खबरदारी गर्नुपर्ने टिप्पणी गर्नुभयो । कार्यक्रम महासंघका निवर्तमान अध्यक्ष सागर केरुङ्को अध्यक्षतामा सम्पन्न भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि