कविता- चीर निन्द्रा,- ध्रुवनारायण जोन्छें    

Feb 3, 2024 - 19:11
 0  13
कविता- चीर निन्द्रा,- ध्रुवनारायण जोन्छें    


चीर निन्द्रा,
 कति आनन्द !
न भोक, न त प्यास,
न कसैको सुर्ता,
न त कुनै चिन्ता
मज्जाको जीवन
सुनको सडक, सुनौलो–दरबार
न कुनै घरबार
न त कसै प्रति–सरोकार
न कुनै रिस–राग, न त केही– द्वेष
न कुनै चीजको मोह, न त कुनै घमण्ड
परमानन्दमा लीन,
परब्रम्हसँग साक्षात्कार
चीर निन्द्रा, जीवनको आधार
मानव जीवनको, एउटै सात्विक आधार
चीर निन्द्रा अपार !

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि