विश्व ट्रेड युनियन महासङ्घको क्युबाली संघर्ष प्रति ऐक्यबद्धता

Jul 27, 2023 - 13:13
 0  5
विश्व ट्रेड युनियन महासङ्घको क्युबाली संघर्ष प्रति ऐक्यबद्धता

साउन ११,काठमाडौ, काव्य घर ।  श्रमिकहरूको अन्तर्राष्ट्रिय ट्रेड युनियन केन्द्र विश्व ट्रेड युनियन महासंघले क्युबाली जनताले सञ्चालन गरेको क्रान्तिकारी जुझारु संघर्षको आन्दोलन प्रति ऐक्यबद्धता प्रकट गर्न विश्वव्यापी अभियान सञ्चालन गरेको छ ।
विश्व ट्रेड युनियन महासंघका अध्यक्ष  प्रेमल कुमार खनाल र महासचिव लोकराज भुसालले बुधबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै जुझारु संघर्षकोआन्दोलन प्रति ऐक्यबद्धता प्रकट गर्न बिश्वव्यापी अभियान सञ्चालन गर्ने जनाउनु भएको हो । 
जारी विज्ञप्तिमा भनिएको छ विश्वका प्रगतिशील एवं समाजवादी विचार पक्षधर श्रमिकहरुको अन्तर्राष्ट्रिय ट्रेड युनियन केन्द्र विश्व ट्रेड युनियन महासंघले  २६ जुलाइ २०२३ का दिन  क्युवाली जनताले आफ्नो लोकतान्त्रिक हक र राजनैतिक स्वतन्त्रताका लागि बिगत लामो समयदेखि न्यायपूर्ण संघर्ष गरिरहेका छन । क्युवाली जनताले गरेको बिरतापूर्ण संघर्षलाई अमेरिकी साम्राज्यबाद र उसका पक्षपोषक साम्राज्यबादीहरुले निर्ममतापूर्वक दमन, धरपकड, हस्तक्षेप गरिरहेका छन । न्यायपूर्ण संघर्षमा रहेका क्युवाली जनतालाई ब्यापक रुपमा धरपकड गरि जेल र यातना दिएर सताई रहेको छ ।


सो सम्बन्धमा हामी नेपालमा क्रियाशील रहेका बिश्व ट्रेड युनियन महासंघसंग आबद्ध राष्ट्रिय स्तरका ट्रेड युनियन महासंघहरुको साझा संजाल विश्व ट्रेड युनियन महासंघ, समन्वय समिति नेपाल  र यस सँग आबद्ध नेपालका लाखौं श्रमिक मजदुर बर्गको तर्फबाट क्युवाली जनताको न्यायपूर्ण क्रान्तिकारि संघर्ष प्रति हार्दिक ऐक्यबद्धता प्रकट गर्दछौ विज्ञप्तिमा भनिएको छ । 
विज्ञप्तिमा महान क्युबाली जनताको न्यायपूर्ण आन्दोलनलाई अमेरिकी साम्राज्यबादीहरुबाट गरिएको बर्बरतापूर्ण दमन, ज्यादती र हस्तक्षेप प्रति गहिरो र दुःखका साथ खेद प्रकट गर्दछौ । क्युबाली जनताको न्यायपूर्ण आन्दोलनको सिलसिलामा नागरिकहरु प्रति गरिएको धरपकड हत्या हिंसा, जेल, नेल जस्ता सँजायहरु प्रति दुःख ब्यक्त गर्दछौं । साथै त्यस प्रकारका सबै प्रकृतिका साम्राज्यवादी हस्तक्षेप, धरपकड, ज्यादती बन्द गर्न र बिनासर्त क्युवाली न्यायपूर्ण आन्दोलनका सम्मानित सङ्घर्षशील योद्धाहरूलाई सम्मानजनक रिहाइको जोडदार माग गर्दछौँ भनिएको छ । 
भौतिक रुपमा हामीहरू क्युवाली जनताबाट टाढा भए पनि मानसिक,नैतिक एवं वैचारिक रुपमा सधै न्यायपूर्ण सङ्घर्षको पक्षमा ऐक्यबद्धता रहि रहने प्रतिबद्धता व्यक्त गर्दछौँ भनिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि