कोशी प्रदेशमा उद्वव थापा अवैध ठहर भएपछि नयाँ सरकारको जोडघटाउ सुर

सभामुख बाबुराम गौतमको समर्थनबाट मुख्य मन्त्री बनेका उद्वव थापा पदच्युत भएसगै सभामुख गौतम माथि नैतिक समस्या आइपुगेको छ।उता नयाँ सरकार गठनको खेल पनि शुरु भएको छ

Jul 27, 2023 - 12:17
Jul 27, 2023 - 12:19
 0  65
कोशी प्रदेशमा उद्वव थापा अवैध ठहर भएपछि नयाँ सरकारको जोडघटाउ सुर

साउन ११ काठमाडौ ,काव्य घर/ कोशी प्रदेश सरकारका मुख्य मन्त्री उद्वव थापा अवैध ठहर भएका छन ।

 सर्वोच्च अदालतमा गएको असार २१ गते प्रदेश प्रमुख पर्शुराम खापुङले सभामुखको हस्ताक्षरलाई मान्यता दिई सतापक्षका सांसद उद्वव थापालाई मुख्य मन्त्रीमा नियुक्त गरेपछि समस्या बाहिरिएको थियो ।

 सर्वोच्च अदालतले यस अघि नै पटकपटक पेशी सार्दै आएकोमा साउन ११ गते आजको इजलासमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठ सम्मिलित पूर्ण इजलासले कोसी सरकारविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै असार १७ गतेभित्र नयाँ मुख्यमन्त्री नियुक्त हुने गरी प्रक्रिया अघि बढाउन प्रदेश प्रमुख पर्शुराम खापुङलाई आदेशसमेत दिएको छ।

मुख्यमन्त्री नियुक्त हुँदा थापाले सभामुखबाहेक बहुमत (४७) पुर्‍याउनसक्ने अवस्था नदेखेपछी सभामुख गौतमले स्वतन्त्र सांसदको हैसियतमा अलग्गै हस्ताक्षर गरेर समर्थन दिएपछि बहुमत पुर्‍याएको भनेर थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री नियुक्त गरेका थिए।

सभामुख गौतम माओवादीबाट सांसद निर्वाचित भएका हुन्। प्रदेशसभा (संसद)बाट विश्वास गुमाएपछि एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार असार १५ गते ढलेको थियो। त्यसपछिको सरकार गठन प्रक्रियामा सहभागी बनेपछि सभामुख विवादित बनेका हुन ।

कोसी प्रदेशका सभामुख बाबुराम गौतमले सरकार गठन प्रक्रियामा सहभागी भएर आफूलाई निष्पक्ष राख्न सकेन्न ।अब उनी माथि नैतिक प्रश्न आइपरेको छ। सभामुखले सरकार गठनमा बाटो प्रसस्त हुदाहुदै आफुलाई स्वतन्त्र सांसद झै हस्ताक्षर गरेर सत्तारूढ दलका तर्फबाट अगाडि सारिएका उद्वव थापालाई समर्थन गरेका सभामुख गौतम यतिबेला आफ्नो गल्ती घुमाउरो पाराले स्वीकार गर्दै हस्ताक्षर गरेर गल्ती नगरेको तर्क अगाडि राख्छन यो नै सभामुख गौतममा केटौली र अपरिपक्व प्रवृत्ति देखिएको छ।

 

संविधानको धारा १६८ को उपधारा २ अनुसार एकहप्ता भित्र नयाँ सरकार गठनको प्रयास गर्नु भन्ने आदेश आए सगै कोशी प्रदेश सरकारको अब जोडघटाउको खेल सुरु भएको छ ।

कोसीको ९३ सदस्यीय प्रदेशसभा (संसद)मा बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ। ठूलो दल नेकपा (एमाले)सँग ४० र एमालेसँगै सहकार्यमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग ६ जना सांसद छन्।

कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १२, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का १ सांसद छन्। एमाले-राप्रपा गठबन्धन र अर्को गठबन्धनको ४६-४६ सांसद छन्।

 असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै एमाले नेता एवं पूर्वमुख्यमन्त्री कार्कीले असार २२ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्चले बिहीबार मुख्यमन्त्री थापाको नियुक्ति बदर गरिदिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि