झापामा दैनिक हात्ती आतंक स्थानीय सरकार मौन ??

हिजो मात्रै दमक नगरपालिका –३ दुम्सेमा तीनवटा घर भत्काएको छ । राती १० बजे जंगलबाट आएका दुई हात्तीले गाउँमा ठूलो क्षति सहित सुतिरहेका वृद्ध बालक समेतलाई भागाभाग बनायो ।भाग्ने क्रममा स्थानीय डम्वर सार्की ज्यान जोगाउँन भाग्दा खुट्टा भाचिएर अस्पतालमा भर्ना भएका छन् ।

Dec 8, 2023 - 12:54
Dec 8, 2023 - 13:21
 0  35
झापामा दैनिक हात्ती आतंक स्थानीय सरकार मौन ??


मंसिर २२, झापा, काव्य घर । झापा जिल्लालाई हरेक वर्ष झन झन हात्ती आतंकले आतंकित बनाउँछ । जब खेतमा धान पाक्छ र धान काट्ने बेला हुन्छ ।बाली पाकेपछी भित्र्याउन हम्मेहम्मे पर्दछ।

स्थानीयको मनमा हात्ती आतंकले डेरा जमाउँछ । धान काटेर राखेको कुन्यिूउ कतिबेला हात्ती आएर सखाप पार्छ थाहै हुदैन । यतिमात्र हैन ज्यान नै जोखिममा राखेर बस्नु पर्ने बाध्यता झापाबासीको छ । नेपालबाट मात्र नभई भारतदेखि समेत हात्तीका हुलका हुल आएर बस्ती पसेर नागरिकलाई दुःख दिइरहेको छ तर यस विषयमा स्थानीय सरकार किन मौन छ ? आम नागरिकले प्रश्न गरिरहेका छन् ।

झापाको माइपश्चिमा दिनैकै हात्तीले  दुःख दिइरहेका छन् ।  हात्ती रातमा नभई दिउँसै गाउँ पस्ने गरेको स्थानीयले हामीलाई बताएँ । जंगलमा हात्तीको खानेकुराको अभाव भएपछि नजिकका बस्तीपसेर खानेकुराको खोजीमा बस्तीका घरहरु भत्काउँने कार्य भइरहेको छ । हिजो मात्रै दमक नगरपालिका –३ दुम्सेमा तीनवटा घर भत्काएको छ । राती १० बजे जंगलबाट आएका दुई हात्तीले गाउँमा ठूलो क्षति सहित सुतिरहेका बृद्धअबश्था बालकलाई भागाभाग बनायो ।स्थानीय  डम्वर सार्की ज्यान जोगाउँन भाग्दा भाग्दै खुट्टा भाचिएर अस्पतालमा भर्ना भएका छन् । अर्का स्थानीय राजकुमार खड्काको घर पूर्णरुपमा क्षति गराई नयाँ स्कुटर पूर्णरुपमा क्षति भएको र घर बस्नै नहुने अवस्थामा रहेको बाघखोर प्रहरीले जनाएको छ । बल्ल बल्ल भागेर ज्यान बचाइयो ? भन्दै काव्य घरलाई खड्काले जानकारी दिए । 


लगातार महिनौ देखि झापाका विभिन्न ठाउँमा हात्तीले दुःख दिएको मात्र नभई धेरैको ज्यान समेत लिइसकेको छ । एकै पटकमा १६ वटा हात्तीआई गाउँमा आतंक फैलाउँदै विहान जंगल फर्कर्ने क्रममा बेलडाँगी शिविरका ६० वार्षिया वृद्धको र ३० वर्षका एक युवाको यस अधिनै हात्तीको आक्रमणबाट मृत्यु भइसकेको छ । 
झापाका दमक नगरकापालिका, शिवसत्ताक्षि नगरपालिका, कमल गाउँपाललिकाका स्थानियले यतिबेला राती निदाउन पाएका छैनन् । दिउँसै हात्ती गाउँ पस्न थालेपछि स्थानिय आतंकित भएका छन् । तर यस विषयमा स्थानीय सरकार मौन देखिन्छ । जनताको जीवन रक्षा गर्नु सरकारको दायित्व हो । तर बेखबर छ।घटना स्थलमा जनप्रतिनिधिहरुको उपस्थिति देखिदैन ।राहतमा पनि तेरो मेरो पार्टी भनेर वर्गीकरण गर्ने गरिन्छ पीडितले हामीलाई नाम नभन्ने सर्त गुनासो राखे ।


हरेका वर्षको यो सास्तीबाट झापाका बासिन्दाले कहिले र कसरी मुक्ति पाउँछन् ??  यस विषयमा स्थानीय सरकार गम्भिर हुन जरुरी छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि